काठमाण्डौ ।आइसिएफसि फाइनान्सले २० औं वार्षिक साधारणसभा आइतबार सम्पन्न गरेको छ।

उक्त साधारण सभाबाट आर्थिक वर्ष २०७९/८०को मुनाफाबाट चुक्तापूँजीको ६.५५ नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित भएको छ ।
सभाले सर्वसाधारण समूहबाट
सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा टंकराम गौतम, हेमशिखा जोशी गर्ग र सफल भट्टराई आगामी चार वर्षको लागि निर्विरोध निर्वाचित भएका छन् ।

चुक्तापूँजी १अर्ब १८ करोड ३४ लाख रुपैयाँ रहेको कम्पनीले हालसम्म आफ्नो २१ वटा शाखा तथा १ एक्सटेन्सन काउन्टर र २१ वटा एटीएममार्फत १ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिंदै आएको बताएको छ ।