काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा संस्था ११ करोड ९ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ६ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो। 

संस्थाले समीक्षा अवधिमा १० करोड ५१ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ। अघिल्लो वर्ष पनि संस्थाले ९ करोड ३५ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो। 

प्रथम त्रैमासको संस्थाको खुद ब्याज आम्दानी पनि घटेर २६ करोड ९५ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष संस्थाले २९ करोड ५५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। 

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ६.२५ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल २.६० प्रतिशत थियो। खराब कर्जा बढेपछि संस्थाको इम्पेयरमेन्ट चार्ज पनि बढेर ३० करोड ४९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष पनि संस्थाले ८ करोड ५५ लाख रुपैयाँ नै इम्पेयरमेन्ट चार्ज छुट्याएको थियो। 

खराब कर्जा बढेर इम्पेयरमेन्ट चार्ज पनि बढेपछि संस्था घाटामा गएको हो। 

समीक्षा अवधिमा संस्थाले ८ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ८ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। 

चुक्तापुँजी १ अर्ब ५ करोड रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङमा ६० करोड ८८ लाख रुपैयाँ रहेको छ। रिजर्भको आकार भने १९.६२ प्रतिशतले बढेर १ अर्ब १४ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ९५ करोड ३० लाख रुपैयाँ थियो। 

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ४२.०६ रुपैयाँले ऋणात्मक रहेको छ। पीई रेसियो २८.६८ गुणाले ऋणात्मक रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २६५.६८ रुपैयाँ रहेको छ।