काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ ।  

कम्पनीको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको साधारण सभाका लागि नयाँ मिति तय गरेको हो ।

बैठकले कम्पनीको २९ औँ वार्षिक साधारण सभा आगामी माघ १५ गते काठमाण्डौ हात्तिसारमा रहेको कम्पनीको प्रधान कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा कम्पनीको प्रबन्धपत्रमा उदेश्य थप गर्ने र नियमनकारी निकायबाट कुनै सुझाव आएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिने प्रस्ताव पारित गरिनेछ ।

संस्थापक सेयरधनीका तर्फबाट एक जना महिलासहित २ जना संञ्चालक र सर्वसाधारण सेयरधनीतर्फबाट २ जना सञ्चालको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ । 

यस्तै सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वित्तयि विवरणहरु पारित गरिनेछ ।