काठमाण्डौ । पोखरा फाइनान्सको २७ औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । 
 

सभा कम्पनीका अध्यक्ष राजकुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन कम्पनीका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले गरेका थिए।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आव २०७९/८० आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह लगायतका विवरणहरु सहित अन्य प्रस्तावहरु छलफल गरी स्वीकृत भएका छन् ।

आइतबारनै सम्पन्न साधारण सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट निर्विरोध रुपमा नियुक्त भएका नवनियुक्त सञ्चालकहरु क्रमशः कृष्ण बहादुर गुरुङ, अच्युत पौडेल र गंगा घलेलाई कम्पनीका अध्यक्ष  राज कुमार गुरुङले सञ्चालक पदको पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले आगामी दिनहरुमा वित्तीय संस्थाले आधुनिक प्रविधियुक्त बैंकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिंदै ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त, दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बताए ।
 

यसैगरी, कम्पनीका अध्यक्ष राज कुमार गुरुङले वित्तीय संस्थाको उत्तरोत्तर विकास, प्रगति र सफलताको यात्रामा निरन्तर राय सुझाव दिने सबैमा आभार व्यक्त गरेका थिए ।