काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले गत आर्थिक वर्ष  २०७९/८० को सञ्चित मुनाफाबाट लाभांश नदिने भएको छ।

कम्पनीको पुस २ गते सम्पन्न सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ। 

साथ सो बैठकले २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण तथा वासलात स्वीकृत गर्ने प्रस्तावसहित वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस निर्णय गरेको छ ।