काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट सुरक्षित हुन ई–कमर्स कम्पनी अमेजनले आफ्ना कर्मचारीहरुलाई आउँदो अक्टोबर २ तारिखसम्म वर्क फ्रर्म होम (घरबाटै काम) गराउने भएको छ।

अमेरिकास्थित अमेजन.कम इंकले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्ने सल्लाह दिएको हो। अमेजनका प्रवक्ताका अनुसार जो कर्मचारी घरबाटै प्रभावकारी रुपमा काम गरिरहेका छन् उनीहरुलाई २ अक्टोबरसम्म घरबाटै काम गर्न दिइनेछ। 

यद्यपि अमेजन प्रवक्ताले अहिले कतिजना घरबाटै काम गरिरहेका छन् र कतिजनाले अफिसबाट भन्ने विषयमा स्पष्ट पारेका छैन्न। केही प्रतिशत कर्मचारी अफिसबाटै काम गरिरहेको र उनीहरुको सुरक्षाको उपायमा अमेजन चनाखो रहेको बताइएको छ। 

अमेजनले अफिसमा सामाजिक दूरी, राम्रो सरसफाइ, तापमान जाँच र फेस कभरिङ र ह्याड सेनिटाइजरको उपलब्धतामा पूर्ण रुपमा ध्यान दिइएको जनाएको छ। – एजेन्सी