काठमाण्डौ । चीनको ई–कमर्स कम्पनी अलीबाबाको ‘सिंगल डे सेल’ मा रेडर्क ब्रेक कारोबार भएको छ ।
सिंगल डे सेलमा २४ घन्टामै ३८.४ अर्ब डलरको कारोबार भएको हो । यो कारोबार गत वर्षको तुलनामा २७ प्रतिशतले बढी हो । सन् २०१८ मा सिंगल डे सेलमा ३० अर्ब डलरको कारोबार भएको थियो।
अलीबाबाले यो बर्षको सिंगल डे सेलमा अमेरिकी कम्पनी अमेजनको दुई महिनामा हुने कारोबार एकैदिनमा गरेको छ । अमेरिकी गायिका टेलर स्विफ्टको परफरमेन्सका साथ आइतबार रातको १२ बजेबाट सुरु भएको अनलाइन सेल सोमबार मध्यरातमा समापन गरिएको थियो ।
सिंगल डे सेलमा अलीबाबालाई १ सेकेन्डमा ५.४४ लाख अडर प्राप्त भएको थियो । यो कम्पनीको सुरुआतको बर्ष सन् २००९ भन्दा १३६० गुणा बढी हो ।
अमेरिका र चीनबीच जारी व्यापारिक युद्ध र चीनको खस्किँदो आर्थिक व्यवस्थाबीच अलीबाबालाई यो बर्ष बजार बढाउन चुनौतीको विषय बनेको छ । सेल डे सरु हुनुभन्दा पहिले विश्लेषकहरुले यो बर्ष १० प्रतिशतको ग्रोथ हुने आँकलन गरेका थिए । तर विश्लेषको आँकलनविपरीत ग्रोथ २७ प्रतिशत रहन गयो । जुन गत बर्ष पनि समान नै थियो ।
अर्काथरि विश्लेषहरु अर्थव्यवस्था जतिसुकै कमजोर भए पनि सिंगल डे सेलमा भारी छुटका कारण ग्राहकहरुको संख्या बढ्ने आशावादी थिए । जुन सही साबित हुन पुग्यो ।
अलीबाबाका लागि यो बर्षको सिंगल डे सेल यस कारण पनि अहम थियो कि यो बर्ष उसले हङ्कङको सेयर बजारमा लिस्टिङका लागि आईपीओमार्फत १५ अर्ब डलर जुटाउने गृहकार्यमा लागिरहेको छ ।
उता यो पनि अड्कल काटिँदैछ कि सिंगल डे सेलमा भएको बिक्रीको आँकडाले लगानीकर्तालाई अलीबाबाको आईपीओमा लगानी गर्न आर्कषित गर्न मद्दत पुग्नेछ । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago