 
                     
                                
                             
                                    काठमाण्डौ । ई–कमर्स कम्पनी अमेजनले आगामी केही साताभित्रै दोस्रो चरणमा ९ हजार कर्मचारीलाई हटाउने योजना बनाएको छ।
अमेजनले सोमबार यस्तो घोषणा गरेको हो। यसअघि अमेजनले पछिल्ला केही महिनामा १८ हजार कर्मचारीलाई निकालेको थियो।
अमेजनका सीईओ एन्डी जेस्सीद्वारा कर्मचारीलाई पठाइएको पत्रअनुसार कम्पनीमा अधिकांश जागिर कटौती अमेजन वेब सर्भिस, पिपुल एक्सपिरियन्स, टेक्नोलोजी विभागहरुमा हुनेछ।
जेस्सीले यो निकै कठिन निर्णय भएको तर कम्पनीको दीर्घकालीन सफलताका लागि आवश्यक रहेको बताए। जेसीले भने, ‘अमेजनले केही रणनीतिक क्षेत्रमा काम गर्ने छ।’
अमेजनको यो निर्णय कम्पनीले पहिलो चरणमा १८ हजार कर्मचारीलाई हटाउने घोषणा गरेको दुई महिनापछि आएको हो। –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19