काठमाण्डौ । विश्वभर कोरोनाभाइरसको त्रास कायमै छ। विश्वका अधिकांश देश लकडाउनमा छन्।
यस्तो अवस्थामा आममानिसहरु अत्याश्यक सामान खरिद गर्न अनलाइन खरिदमा अधिक निर्भर भइरहेका छन्।
दोस्रोतर्फ करोडौँ नोकरी हातबाट चिप्लिने आशंकासमेत बढिरहेको छ। यसैलाई हेरेरे ई–कमर्स कम्पनी अमेजनले ७५ हजार मानिसलाई भर्ती गर्ने घोषणा गरेको छ। यो भर्ती वेयरहाउसका कर्मचारीदेखि डेलिभरी डाइभरसम्म हुुनेछ।
अमेजनद्वारा जारी बयानमा भनिएको छ कि अमेजनसँग धेरै संख्यामा अर्डर पेन्डिङ छ, जसलाई पूूरा गर्न ठूूलो संख्यामा कर्मचारी आवश्यक पर्छ। यस्तो अवस्थामा कम्पनीले ७५ हजार मानिसलाई नोकरी दिने विचार गरेको छ।
कम्पनीको आफ्नो ब्लगका माध्यमद्वारा भनिएको छ, ‘हामी लाई थाहा छ यो महामारीका दौरान धेरै व्यक्तिहरु आर्थिक रुपमा प्रभावित भएका छन्। हस्पिटालिटी, रेस्टुुराँ र ट्राभललगायतका क्षेत्र सबैभन्दा धेरै संकटमा छ। यी क्षेत्रहरुमा कतिपयले आफ्नो जागिर गुुमाएका छन्। यस्तो बेला हामी वहाँहरुलाई स्वागत गर्दछौं।’
कम्पनीले यसअघि अमेरिकामा १ लाख कर्मचारी भर्ती गरिसकेको छ।
बढ्दो बेरोजगारीलाई मध्यनजर गर्दै अमेजनले खाली ठाउँ भर्ने निर्णय गरेको छ। नयाँ कामदारलाई आकर्षित गर्नका लागि कम्पनीले न्यूूनतम प्रतिघण्टा १५ डलर ज्यालामा २ डलर उठाउने निर्णय गरियो जुुन अप्रिलदेखि लागूू हुुुनेछ।
विश्वस्तरमा तलब बढाउँदा करिब ५० करोड डलर खर्च धेरै हुुनसक्ने कम्पनीको भनाइ छ। गत वर्ष यो तथ्यांक ३५ करोड डलर थियो। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago