काठमाण्डौ । जलवायु परिवर्तनविरुद्धको लडाइँअन्तर्गत कार्बन पुटप्रिन्ट घटाउने प्रयासमा सहयोगका लागि अमेजनले दुई अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ।
क्लाइमेट प्लेज फण्डले शून्य कार्बनका रूपान्तरणका लागि धेरै क्षेत्रहरूमा विभिन्न संघसंस्थाले गरेको प्रयासमा अमेजनले सहकार्य गर्ने भएको हो। यो पहल कम्पनीहरूलाई आफ्नो कार्बन घटाउन र उत्पादन र सेवाहरूलाई दीगो बनाउन प्रतिवद्ध उद्यमी र नवप्रवर्तकहरूलाई प्रदान गरिने अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ वेजोसले जानकारी दिए।
विश्वका सबै आकार र चरणका कम्पनी तथा फर्महरूलाई सहयोग उपलब्ध गराइने अमेजनले जनाएको छ।
भावी पुस्ताहरूका लागि पृथ्वीलाई जोगाउन शुन्य कार्बनको अभियानमा लगानी गरी जलवायु परिवर्तन नियन्त्रणमा सम्भावित पहलस्वरूप लगानी हुने कम्पनीले स्पष्ट पारेको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago