काठमाण्डौ । विश्वकै सबैभन्दा ठूलो ई–कमर्स कम्पनी अमेजनले आफ्नो वेबसाइट र्याङकिङ साइट एलेक्सा डट कम (alexa.com) बन्द गर्ने घोषणा गरेको छ।
यो वेबसाइट सन् २०२२ मेबाट बन्द गरिने घोषणा गरिएको हो। यो वेबसाइटले विगत २५ वर्षदेखि एसईओ रिसर्च तथा एनालिसिस टुल सर्भिस सेवा प्रदान गर्दै आएको छ। एलेक्सा डट कमले निःशुल्क र सशुल्क सेवा प्रदान गर्दै आएको छ।
एलेक्सा डट कम बन्द भएपछि यसको एपीआई सन् २०२२ डिसेम्बरसम्म बन्द गरिनेछ। अमेजनले यो वेबसाइट बन्द हुनुअघि नै प्रयोगकर्तालाई एलेक्सा डाटा डाउनलोड गर्न आग्रह गरेको छ। यसका अलावा कुनै क्लाउडमा ट्रान्सफर पनि गर्न सकिने अमेजनले जानकारी गराएको छ।
अब एलेक्सा डट कमका लागि नयाँ सब्सक्रिप्सन डिसेम्बर ८ बाट बन्द गरिदिनेछ।
अमेजनले एलेक्सा सन् १९९६ मा लन्च गरेको थियो। यो वेबसाइटको मद्दतले प्रयोगकर्ताहरुले आफ्नो वेबसाइटको र्याङकिङ चेक गर्न सक्थे।
यो वेबसाइट किन बन्द गर्न लागिएको हो भन्ने विषयमा यकिन कारण सार्वजनिक गरिएको छैन। कम्पनीले पनि यस विषयमा आधिकारिक जानकारी गराएको छैन। – एजेन्सी
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19