काठमाण्डौ । अमेरिकन एयरलाइन्सले अग्रपंक्तिमा रहेर काम गर्ने झन्डै २५ हजार कर्मचारी कटौती गर्ने जनाएको छ।
कोरोनाभाइरसको महामारीका कारण सेवा प्रवाहमा अत्यधिक कमी आएकाले कर्मचारीहरु कटौती गर्नुपर्ने बाध्यता रहेको कम्पनीले जनाएको छ। निष्कासित हुन लागेकामध्ये झन्डै २९ प्रतिशत कर्मचारीहरु अमेरिकी रहेको पनि कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन्।
पदमुक्त हुन लागेका कर्मचारीलाई दुई वर्षभन्दा बढीको बिदा लिन वा अग्रिम अवकाश लिन आग्रह पनि गरिएको छ। “कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या घटेको छैन, कतिपय राज्यहरुले निषेधात्मक व्यवस्थाहरुलाई फेरि सक्रिय बनाउन थालेका छन्, त्यसैले तत्काल पर्याप्त हवाई सेवा सञ्चालनमा आउने देखिँदैन,” कम्पनीका प्रमुख कार्यकारी अधिकृत डोङ पार्कर र अध्यक्ष रोबर्ट इसोमले भने।
कम्पनीको आम्दानी जुन महिनासम्ममा ८० प्रतिशतभन्दा बढीले घटेको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago