न्यूयोर्क । अमेरिकामा कोरोना भाइरसको बन्दाबन्दी भएको दुुई महिना भन्दा बढी समय भइसक्यो । कोरोना भाइरसको महामारी अब पूरै अमेरिकामा फैलिसकेको छ । अमेरिकामा कोरोना भाइरसको संक्रमणको कुुल मामला २ लाखभन्दा बढी पुुगिसकेको छ । र, यसबाट ४ हजार मानिसको मृत्युु भइसकेको छ ।
कोरोना भाइरस संक्रमणको मामलामा अमेरिकाले चीन र इटलीलाई पनि पछाडि पारिसकेको छ । अहिलेसम्म स्वास्थ्य अधिकारीहरु भन्छन्–‘अहिले पनि अमेरिकामा कोरोना भाइरसको भयंकर रुप देखिन बाँकी नै छ ।’
अमेरिकी राष्ट्रपतिले पनि आगामी दुुई हप्ता मुुश्किल रहेको बताएका छन् । व्हाइट हाउसका अधिकारीहरुले पनि शंका जनाउँदै कोरोना भाइरसले अमेरिकामा १ देखि २ लाख मानिसको ज्यान जान सक्ने बताएका छन् । यही परिप्रेक्ष्यमा सवाल उठ्छ कि आखिरीमा अमेरिका कहाँ चूूक्यो त ?
मेडिकल आपूूर्तिको संकट अमेरिकामा मास्क, ग्लोब्स, गाउन र भेन्टिलेटरको पनि भयंकर कमी भइरहेको छ ।
अस्पताल र डाक्टरसँग संक्रमणबाट सुुरक्षा दिने पर्याप्त उपकरण समेत छैन । कतिपय स्वास्थ्यकर्मी सेनिटरीका सामान दोहोर्याएर प्रयोग गर्ने बाध्यतामा छन् भने कोही मास्क बनाउन व्यस्त छन् ।
सबैभन्दा ठूूलो चिन्ता भेन्टिलेटरको कमीले हो । मंगलबार न्यूूयोर्कका गभर्नर एण्ड्री कूूमोले यही विषयमा सिकायत समेत गरे । उनले भने–‘मेडिकल उपकरणलाई सबैभन्दा पहिले पाउनका लागि केन्द्रीय सरकार र तमाम राज्यका बीच होडबाजी सुुरु भयो, जसका कारण यसको मूूूल्य बढ्यो । यो यस्तै नै हो । इबेमा एक भेन्टिलेटरको खरिद गर्न ५० राज्य कतारमा छन् ।’
जर्ज वासिगंटन युुनिभर्सिटीमा हेल्थ पोलिसी र व्यवस्थापनका प्रोफेसर जेफरी लेवीले बीबीसीसँगको कुुराकानीका क्रममा भने–‘यस्तो अवस्था हुुुनुु हुुुँदैन थियो । अमेरिकी सरकार समयमै जरुरी मेडिकल उपकरण पर्याप्त आपूूर्ति गर्न सकेनन् ।’
जब कोरोनाको संकट बढ्यो तब सरकारले सुुस्त गतिले काम गर्यो र मेडिकल उपकरणका उत्पादन बढाउन हप्तौं बिताइदिए । सरकारले उत्पादन बढाउनमा आफ्नो क्षमताको प्रयोग पनि गरेन ।
परीक्षणमा ढिलाइ भएको उल्लेख गर्दै प्रोफेसर लेवीकाका अनुुसार दक्षिण कोरिया र सिंगापुुर जस्ता देशमा कोरोनाको सुुरुवाती चरणमा नै धेरै परीक्षण गर्ने यसको रोकथाम सबैभन्दा उत्तम उपाय हो ।
यस्तो उपाय अवलम्बन नगरेर अमेरिकी सरकारको सबैभन्दा ठूूलो गल्ती थियो र अमेरिकामा कोरोना महामारीको भयावह रुप लियो । उनी भन्छन्–‘कुुनै पनि महामारीसँग जुुध्न तपाईँलाई यो थाहा हुुनुुपर्छ कि के भइरहेको छ, यो जानकारी छैन भने सम्झनुुस् तपाईँ अँध्यारोमा तीर चलाइरहनु भएको छ । तपाईँलाई थाहा नै नहोला कि भाइरसका अलग हटस्पट कुुन चाहिँ ठाउँ बन्नेवाला छ । तपाईँले धेरै भन्दा धेरै परीक्षण गर्नुुपर्छ, किनकि संक्रमित बिरामीको पहिचान हुुन सकोस् र बाँकी मानिसहरुलाई अलग गर्न सकियोस् । संक्रमण कम फैलन्छ र तपाईँ पुुरै देशको लकडाउन गर्न बाटसमेत बच्न सक्नुहुन्छ ।’
मार्च महिनाको दोस्रो हप्तामा ट्रम्प प्रशासनले वाचा गरेको थियो, जसमा महिनाको अन्तसम्म ५० लाख परीक्षण गराइनेछ । यद्यपि एक विश्लेषणका अनुुसार,३० मार्चसम्म केबल १० लाख हाराहारी परीक्षण भएको थियो । यो संख्या दोस्रो देशको तुुलनामा धेरै हो, तर अमेरिकाको आवादी ३३ करोड छ ।
दोस्रो कुुरा ल्याबमा रिजल्टको विश्लेषणमा एक वा सोभन्दा बढी हप्ता ढिलाइ भइरहेको छ, जसमा मानिसलाई थाहा नै हुुँदैन । कोरोना भाइरसको संक्रमण भयो वा भएन ।
एक पत्रकार सम्मेलनमा बताएअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा कोरोना भाइरस महामारीले पैदा भएको खतरनाक स्थिति तत्काल नियन्त्रण हुन नसक्ने र उनी चाहन्छन् कि अमेरिका आउने व्यक्ति अधिक चोटका दिनहरुका लागि तयार रहून् ।
उनका स्वास्थ्य सल्लाहकारहरुलाई भने एक चार्ट देखाए, जसमा धेरै उपायहरुका बाबजूूद कोरोनाले एक लाख अमेरिकीहरुको मृत्युुु अनुुमान लगाइएको थियो ।
केही हप्ता पहिले नै ट्रम्पले भनेका थिए–‘अप्रिल महिनादेखि कारोबार पुुनः सुुरु हुुुनेछ ।’ जनवरी र फेब्रुुअरी महिनामा जब चीनको अर्थव्यवस्था कोरोनाका कारण बर्बाद भइसकेको थियो र इटलीमा मृत्युुको तथ्यांक लगातार बढिरहेको बेला तब ट्रम्पले यो खतरालाई लिएर हल्का रुपमा लिए । ट्रम्प र उनका अधिकारीहरुले स्थिति पूूर्ण तवरले नियन्त्रणमा रहेको दाबी गरे र गर्मीसम्म कुुनै जादूूझैं गायब हुुने दाबी गरे ।
‘ट्रम्प र शीर्ष नेतृत्वले लगातार बदलिएको बयान गम्भीर समस्या हो ।’ प्रोफेसर लेवी भन्छन्–‘कोरोना भाइरस महामारीको दौरान लगातार चीजहरु बदलिरहन्छन् र तपाईँको सन्देश पनि बदलिन्छ । तर यो मामलामा कुुनै वैज्ञानिक संकेत वा ग्राउण्ड रियालिटीको आधार उपर हुुँदैन बरु राजनीतिक चिन्ताको कारण बयान बदलियो ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यो कठिन समयमा पनि डेमोक्रेटिक राज्य गभर्नरसँग भिडिरहे । ट्रम्पले ट्वीटरमा न्यूूयोर्कका गभर्नर र मिशिगनका ग्रेचेन व्हिटमरको ट्वीटरमा निशानामा पर्यो र राज्यका नेताहरुले संघीय सरकारको सराहना गर्नुपर्छ ।
सामाजिक दूरी कायम ठीक ढंगले नभइदिँदा कोरोना भाइरसको रोकथाम प्रभावित भयो । तर, सबै चेतावनीका बाबजूूद अमेरिकाका फ्लोरिडाको सामुुद्रिक किनारामा विद्यार्थीहरुको बाक्लो भीड थामिएन । लुुइसियानाको एक चर्चमा पनि हजारौं संख्यामा मानिसहरु प्रार्थना गर्न पुुगे । चर्चका पादरी टोनी स्पेलले जब प्रश्न उठाए तब उनीहरुले भने–‘भाइरस राजनीतिक रुपले प्रेरित भएको हाम्रो ठम्याइ छ । हाम्रो सबै धार्मिक अधिकार सुुरक्षित छ र केही भए हामी प्रार्थना गर्न एकत्रित हुुन छाड्दैनौं ।’
देशभरमा धेरै उदाहरण छन् जुुन स्पष्ट रुपमा छ सामाजिक दूूरी उपेक्षित भएकै हो । धेरै स्थानीय सरकार र राज्य सरकार पनि कारोबार बन्द गर्ने र मानिसलाई घरमै बन्द राख्न इच्छुक छैनन् किनकि धेरै कठोरता देखिएको छैन । फ्लोरिडाको सामुुद्रिक किनारामा उपस्थित एक युुवतीले सिएनबिसी न्यूूजसँग भनिन्–‘यदि मलाई कोरोना भए होओस्, यो भाइरसलाई मेरो पार्टी गर्न रोक्न दिँन्न ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago