काठमाण्डौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसबाट प्रभावित अर्थव्यवस्था उकास्न शुक्रबार २ हजार अर्ब डलरको आर्थिक प्याकेज घोषणा गरेका छन्। यो अमेरिकाकै इतिहासमा सबैभन्दा ठूलो आर्थिक प्याकेज हो।
ट्रम्पले ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यो आर्थिक प्याकेजबाट तत्काल राहातको आवश्यकतालाई पूर्ति गर्नेछ। उनले यो प्याकेजका माध्यमबाट अमेरिकाले आफ्ना साना र ठूला व्यापारलाई मजबुत पार्ने दाबी गरे।
यो प्याकेजअन्तर्गत पैसा पाउने ठूला कम्पनी, साना कारोबार र यस्ता मानिसलाई मद्दत हुने जसको व्यवसाय कोरोनाभाइरसका कारण बन्द भएका छन्।
विश्व महामारी कोरोनाभाइरसले यतिबेला अमेरिकालाई आफ्नो केन्द्रविन्दु बनाएको छ। विश्वका अन्य देशको तुलनामा अमेरिकामा संक्रमितको संख्या सबैभन्दा बढी छ। अमेरिकामा १ लाख २३ हजार बढी मानिस यो भाइरसबाट संक्रमित भएका छन्। जसमध्ये २ हजार बढीको ज्यान गइसकेको छ भने ३ हजार २०० बढी उपचारपछि निको भएर फर्किएका छन्।
ट्रम्पले कंग्रेसलाई यो प्याकेजलाई छिटोभन्दा छिटो अन्तिम रुपमा दिन आग्रह गरेका छन्। यसअघि ट्रम्पले कोरोनाबाट प्रभावित कठिन परिश्रम गर्ने र साना कारोबार गर्नेहरुलाई वित्तीय सहयो गर्ने बताएका थिए। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19