काठमाण्डौ । प्राविधिक कम्पनीहरुको मूल्यमा बहार छाएपछि बिहीबार अमेरिकाको नास्डक कम्पोजिट इन्डेक्स अहिलेसम्मकै उच्च विन्दुुमा पुुगेको छ।
नास्डक इन्डेक्समा बुुधबारको तुलनामा ०.५ प्रतिशतको वृद्धि भएको हो। योसँगै एक सातामा नास्डकमा तीनपटक उछाल देखिएको छ।
उता डो फ्युुचर्समा भने १.४ गिरावट अर्थात ३६१ अंकको गिरावट देखिएको छ। एस एन्ड पी ५०० मा पनि ०.६ प्रतिशतको गिरावट देखिएको छ।
अमेरिकी सेयरबजारमा बिहीबार निकै उतावचढावका देखिएको थियो। अमेरिकाको सर्वाेच्च अदालतले न्युयोर्कका अभियोजनकर्ताहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पको वित्तीय कागजात र कर फिर्ताको प्रमाण माग्न र परीक्षण गर्न सक्ने निर्णय गरेको थियो। सर्वोच्चको यो निर्णयले ट्रम्प प्रशासनलाई झट्का दिएपछि बिहानी सत्र सेयरको मूल्य गिरावट र मिश्रित प्रतिक्रियाका साथ शुभारम्भ भएको थियो।
विगत केही महिनादेखि अमेरिकाको सेयर बजार अस्थिर देखिँदै आइरहेको छ।
कोरोनाभाइरसको बढ्दो संक्रमण दरले गर्दा लगानीकर्ताले मनोबल गिरेकाले सेयरको बिक्रीमा वृद्धि भएकाले मूल्यमा व्यापक कमी देखिएको थियो।
यस्तै आर्थिक पुुनरुत्थान हुुने विश्वासका साथै बजारमा पुुनरागमनसमेत देखिन थालेको छ। तथापि अमेरिकी अर्थतन्त्र अझै पनि बेरोजगार, कम्पनीहरुको खराब अवस्था र स्टोरहरु बन्द भएको अवस्थासँग जुुधिरहेको छ।
सर्वाेच्च अदालतको निर्णयले लगानीकर्ताहरुमाझ नोभेम्बरमा हुुने राष्ट्रपति निर्वाचनबारे अनिश्चितता ल्याइदिएको छ। जसले अनिर्णित भविष्यमा झनै अनिश्चितता थपिदिएको छ।
अमेरिकामा नोभेम्बर महिना हुुन गइरहेको निर्वाचनमा कस्तो परिणामले देखिने हो भन्ने उत्सुुकताले लगानीकर्ताहरु आत्मविश्वासी हुुन सकिरहेका छैनन्। परम्परागत रुपमा हेर्ने हो भने जो बिडेनको डेमोक्रेटिक पार्टी ट्रम्पको रिपब्लिकनभन्दा कम व्यवसायीमैत्री रहेको पाइन्छ। यद्यपि निर्वाचनमा बिडेनले जित हासिल गर्ने सर्वेक्षहरुले बताइरहँदा पनि सेयर बजारमा उछाल आइरहेको छ।
बजारका लागि धेरै लामो समयसम्मका ट्रम्पलाई बजारमैत्रीका रुपमा लिइने गरिन्थ्यो। तर बिडेनका मध्यम योजनाहरुले कमजोर बनेको अर्थतन्त्रलाई उकास्न सक्ने भएकाले लगानीकर्ताहरु उनीप्रति आर्कषित हुुन सक्ने देखिएको छ। बिडेनले आफ्नो आर्थिक अजेन्डामा उत्पादन क्षेत्रलाई बढावा दिई महामारीका दौरान गुुमेको रोजगारलाई प्राप्ति गर्ने योजना रहेको उल्लेख गरेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19