काठमाण्डौ । कोरोना महामारीबाट सबैभन्दा धेरै प्रभावित अमेरिकाको संघीय सरकारलाई यो वर्ष जुन महिनामा इतिहासकै सबैभन्दा ठूलो बजेट घाटाको सामना गर्नुपरेको छ।
अमेरिकी सरकारले एकातिर कोरोना महामारीविरुद्ध लड्न धेरै खर्च गर्नुपरिरहेको छ भने अर्कोतिर लखौँ नागरिकको रोजगारी गुम्दा कर असुली घटेको छ। अमेरिकाको राजकोषीय विभागका अनुसार पछिल्लो महिना घाटा बढेर ८६४ अर्ब डलर पुगेको छ। यो आँकडा अमेरिकाको इतिहासकै थ्रुपै वार्षिक घाटाभन्दा पनि अधिक हो। यसअघि गत अप्रिलमा अमेरिकालाई ७३८ अर्ब डलरको मासिक घाटा भएको थियो।
अमेरिकी कांग्रेसले कोरोनाको प्रभावविरुद्ध लड्नका लागि पहिले नै अर्बौं डलरको राशि उपलब्ध गराइसकेको छ। अमेरिकाको बजेट घाटा चालु आर्थिक वर्ष (१ अक्टोबर २०१९) पहिलो नौ महिनामा कुल २ हजार ७४० अर्ब डलरसम्म पुगिसकेको छ। नौ महिनाको यो अवधिका लागि यो रेकर्डतोड बजेट घाटा हो।
अमेरिकाको यो बजेट घाटा सन् २००९ भन्दा पनि निकै बढी हो। त्यसबेला अमरिकालाई १ हजार ४०० अर्ब डलर बजेट घाटा भएको थियो। त्यतिखेरको मन्दीबाट अर्थव्यवस्थालाई ट्रयाकमा ल्याउन अमेरिकी सरकारले भारी खर्च गरेको थियो। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19