काठमाण्डौ । अगस्ट महिनामा अमेरिकाको बेरोजगारी दर तीव्र गतिमा घटेको छ । केही अमेरिकी कम्पनीहरुले नयाँ कर्मचारी भर्ना गर्न सुरु गरेयता र अमेरिकाको जनगणनाका लागि अस्थायी भर्ना गरिएपछि रोजगार प्राप्त गर्नेको संख्या वृद्धि भएको हो ।
अमेरिकी कम्पनीहरुले १४ लाख नयाँ रोजगार थपेका छन् र अमेरिकामा कोरोना महामारी सुरु भएयता पहिलो पटक बरोजगार दर १० प्रतिशतभन्दा तल झरेको छ ।
यससँगै अमेरिकाको रोजगारको परिदृश्यमा लगातार चौथो महिना सुधार देखिएको छ । अमेरिकाको अर्थतन्त्र कोरोनाको मन्दीको गहिराईबाट माथि उठ्दै गरेकाले त्यहाँको रोजगार बजारमा सुधार देखिएको हो ।
तथापि फेबु्रअरी महिनाको तुलनामा बेरोजगारदर अहिले पनि धेरै नै रहेको छ । अप्रिल महिनामा धेरैजसो अमेरिकी राज्यहरुले कोरोना महामारीलाई नियन्त्रण र रोकथाम गर्न घरमै बस्न जारी गरेको निर्देशिकाका कारण त्यहाँको बेरोजगारी दर १४.७ प्रतिशतको उचाईमा पुगेको थियो ।
तथापि अहिले देखिएको श्रम बजारको पुनर्उत्थान दिगो नहुने आशंका पनि प्रकट भएका छन् । रोजगारको वृद्धि अहिले पनि सुस्त नै छ ।
-सिएनएन
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19