काठमाण्डौ । अमेरिकाको डेब्ट सिलिङ बढ्दै जाँदा अन्य देशको मुद्राको तुलनामा डलर कमजोर बन्दै गएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार हाल अमेरिकाको ३१.४ ट्रिलियन डेब्ट सिलिङ पुगेको छ। योसँगै डलरमा दबाब बढ्दै गएको छ।
डेब्ट सिलिङ बढे पनि अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर भने नबढाउने जनाएको छ। योसँगै चिनियाँ येनको तुलनामा डलर ०.७ प्रतिशतले कमजोर बनेको हो।
अमेरिकामा डेब्ट सिलिङ बढ्दै जाँदा अमेरिकी बजार तथा क्रिप्टोकरेन्सीमा भने गिरावट आएको छ। गत शुक्रबारको कारोबारमा युरोपेली बजारमा भने उछाल आएको छ।
विश्व बजारमा नै सुनको भाउ पुनः उकालो लागेको छ। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19