काठमाण्डौ । एसियाली र युरोपेली सेयर बजारमा बढोत्तरी भएको छ।
अमेरिकाको मुद्रास्फीतिमा सुधार आउँदा युरोपेली र एसियलाी बजारमा बढोत्तरी आएको हो।
यो समाचार तयार पार्दासम्म युरोपेली बजारमा जर्मनको ड्याक्स ९५ अंकले बढेर १६११८ मा बन्द भएको छ। लन्डनको फुट्सी २२ अंकले बढेर ७४३९ अंकमा कारोबार भइरहेको छ। फ्रान्सको क्याक ५७ अंकले बढेर ७३९० र इटालीको फुट्सी मिब २८१ अंक बढेर २८८३३ को विन्दुमा कारोबार भइरहेको छ।
यता एसियली बजारमा पनि बढोत्तरी भएको छ। जापानको निक्की, हङकङको ह्याङ सेंग, दक्षिण कोरियाको कोस्पी र चीनको संघाईमा बढोत्तरी आएको छ। भारतको सेन्सेक्स १६५ अंक बढेर ६५५५८ मा बन्द भएको छ।
विश्व बजारमै क्रिप्टोकरेन्सी भाउ पनि उकालो लागेको छ। बिटक्वाइन हाल ३० हजार ४९० डलरमा अन्तिम कारोबार भएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19