काठमाण्डौ । अमेरिकामा बाइडेन प्रशासनले ८ लाख बढी विद्यार्थीको ऋण मिनाहा गर्ने घोषणा गरेको छ। 

शुक्रबार बाइडेन प्रशासनले गरेको घोषणाअनुसार ८ लाख ४ हजार विद्यार्थीले युनिभर्सिटी पढ्दा लिएको ३९ अर्ब डलर ऋण मिनाहा हुने भएको छ। यो निर्णयले ती विद्यार्थीको परिवारसँग जोडिएका ३ करोड ७० लाखभन्दा बढी मानिस लाभान्वित हुने भएका छन्।

अमेरिकामा विद्यार्थीलाई युनिभर्सिटी अध्ययन गर्दा २० वर्षदेखि २५ वर्षमा तिर्ने गरी सरकारले आफैँ जमानी बसेर बैंकमार्फत ऋण सहुलियत दिएको हुन्छ। 

अमेरिकाको शिक्षामन्त्री मिगेल कार्डोनाका अनुसार बाइडेन प्रशासनले आज एक घोषणामार्फत ती विद्यार्थीको ऋण मिनाहा गरेको छ। यस्तो घोषणा अमेरिकी उच्च अदालतले कानुनी हुने बताएसँगै बाइडेन प्रशासनले घोषणा गरेको हो। 

अब अमेरिकास्थित शिक्षा मन्त्रालयले ऋण सहुलियत लिन योग्य विद्यार्थीलाई आउन दिनमा सूचना जारी गर्नेछ। –एजेन्सी