काठमाण्डौ । पछिल्लो समय विश्वभर इलेक्ट्रिकल भेहिकल (ईभी)को माग र उत्पादन बढ्दै गएको छ।
अमेरिकी सरकारले सन् २०३२ सम्ममा पेट्रोल गाडीको तुलनामा ईभी प्रयोगकर्ताको संख्या ६६ प्रतिशत हुने अनुमान गरेको छ। अहिले पनि दैनिकजस्तो इलेक्ट्रिक कारले अमेरिकी सहरका रोडहरु भरिँदै थालेका छन्।
इलेक्ट्रिकल कारको प्रयोगले स्वच्छ वातावरण हुने र महँगी पनि नियन्त्रण हुने विश्लेषकहरुको भनाइ छ। योसँगै विश्व बजारमा ईभी निर्माता कम्पनीहरुको सेयरमा ८.५ प्रतिशतले बढ्न थालेको छ।
ईभी अब फास्ट चार्जिङ र कम सञ्चालन लागतमा हुनेछन्। खासगरी ईभीका ब्याट्रीहरुमा ३० प्रतिशतले छिटो चार्जिङ हुने पनि बताइएको छ। अमेरिकाकै क्यालिफोर्निया स्टेटले भने सन् २०३५ पछि इलेक्ट्रिक कारमात्रै चल्ने जनाएको छ।
अमेरिकामा टोयोटा, जनरल मोटर्स र होन्डा कम्पनीहरुले पनि ईभी उत्पादन बढाउँदै लगेका छन्। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19