काठमाण्डौ । विश्वकै ठूलो अर्थतन्त्र अमेरिकामा सटडाउनको संकट हाललाई टरेको छ। अमेरिकी संसदको दुवै सदनबाट सटडाउनको संकट टार्नका लागि भएको सम्झौता अनुमोदन भएको हो।

दुवै सदले नोभेम्बरको मध्यसम्म सरकारी काम सञ्चालन गर्न आवश्यक पर्ने खर्चका लागि रकम स्वीकृत दिएका छन्। तर, यसमा युक्रेनलाई नयाँ सहायताका लागि खर्च समावेश गरिएको छ। 

सिनेटमा सटडाउनको संकट टार्न ल्याइएको विधेयक ८८ मतले स्वीकृत भएको छ। सदनका सभामुख केभिन म्याकार्थीले ४५ दिनका लागि अत्यावश्यक खर्चको व्यवस्था गर्न बिल प्रस्ताव गरेका थिए।

विधेयकमा राष्ट्रपतिको हस्ताक्षर भएसँगै संघीय सेवामा देखिएको गतिरोधको सम्भावना अन्त्य हुने भएको छ। 

यदि यो सम्झौता नभएको आज अक्टोबर १ देखि अमेरिकामा सटडाउन हुने थियो। जसका कारण ३३ लाख कर्मचारीको तलब रोकिने सम्भवाना हुन्थ्यो भने सरकारी कामकाज पनि ठप्प हुन्थ्यो। –एजेन्सी