काठमाण्डौ । अमेरिकामा कोरोनाबाट मृत्युु हुुनेको संख्या निरन्तर बढिरहँदा न्युुयोर्कमा सामूहिक रुपमा लाशहरु गाडिएका तस्विरहरु सार्वजनिक भएका छन् । हर्ट आईल्याण्डले सार्वजनिक गरेका यी तस्विरहरुमा सुुरक्षित कपडा लगाएका कर्मचारीहरुले गहिरो खाल्डोमा काठको बाकससहित लाशहरु गाडिरहेको देखिएको छ ।
ड्रोन क्यामेराबाट खिचिएका यि तस्विरहरु जुुन ठाउँको हो त्यहाँ डेढ सय वर्षअघिदेखि परिवार र आफन्तहरु नभएका गरिबका लाशहरुलाई सामूहिक रुपमा गाडिँदै आइरहेको छ ।
अमेरिकामा न्युुयोर्कको अवस्था सबैभन्दा धेरै खराब छ । न्युुयोर्कमा कोरोना संक्रमितको संख्या अमेरिकाको अलावा विश्वको कुुनै पनि एक देशमा रहेका कोरोना संक्रमितभन्दा धेरै रहेको छ । न्युुयोर्कमा कोरोना संक्रमितको संख्या १ लाख ६० हजार भन्दा धेरै छ । जसमा आठ हजारभन्दा धेरैको मृत्युु भइसकेको छ ।
समाचार एजेन्सी एपीका अनुुसार हर्ट आइल्याण्डमा सामान्यत एक हप्तामा २५ लाश आउने गर्दथ्यो र अन्त्येष्ठि पनि साताको एकदिन मात्रै हुुने गर्दथ्यो ।
तर सुधार गृह विभागका प्रवक्ता जेसन कर्टसनका अनुुसार अहिले यहा हप्ताको पाँच दिन लाशलाई गाडिने गरिएको छ र प्रत्येक दिन २५ वटा लाशहरु आइरहेका छन् । यहाँ लासलाई गाड्ने काम सहरको प्रमुुख जेल राइकर्स आइल्याण्डका कैदीहरुलाई दिइदै आइएको थियो । तर अहिले लास गाड्ने काम बढेकाले यो काम ठेकेदारलाई दिइएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago