न्यूयोर्क । अमेरिकाको मिचिगन राज्यको सबैभन्दा ठूलो र धेरै जनसंख्या भएको डिट्रोइट् सहरको सिनाई ग्रेस अस्पतालको इर्मर्जेन्सी रुमका केही डरलाग्दा तस्बिरहरु सार्वजनिक भएका छन् । 

अस्पतालको उक्त तस्बिरहरुमा लाशहरुलाई अस्पतालका खालि कोठाका फ्रिजभित्र एकमाथि अर्काे खप्ट्याएर राखिएको देखिन्छ । 

र, उक्त फ्रिजलाई अस्पतालको पार्किङ लटमा लगिँदै गरिएको छ । 

सिएनएनले यी फोटोहरु इर्मर्जेन्सी रुममा काम गर्ने कर्मचारीबाट प्राप्त गरेको हो । इमर्जेन्सी रुमका अन्य दुुई जना कर्मचारीले यो फोटो अप्रिल महिनाको सुुरुवाततिरको भएको भएको पृष्टि गरेका छन् । जुुन बेला उनीहरु १२ घण्टा सिफ्टमा काम गर्ने गर्दथे । 

इमर्जेन्सी रुमका कर्मचारीले आफ्नो जागिर जाने डरले नाम नखुुलाउने सर्तमा सिएनएनसंग कुुराकानी गर्न सहमत भएका समाचारमा दाबी गरिएको छ । 

यी दुुई स्रोतले अस्पतालमा निन्द्रा सम्बन्धी बानी व्यहोराको अध्ययन गर्ने कोठाहरुमध्ये कम्ती पनि एउटा कोठामा लासहरुलाई स्टोर गर्ने गरिएको बताएका छन् । मुुर्दाघरका कर्मचारीहरु राति काम नगर्ने हँुुदा र मुुर्दा घर पूर्ण रुपमा भरिएकाले लासलाई अस्पतालको कोठामा राखिएको उनीहरुले सिएनएनसँगको कुुराकानीको क्रममा बताएका छन् । लासलाई अस्पतालको कोठामा राखेको साक्षी बनेका एक कर्मचारीले भने,“मलाई थाहा भएसम्म हामीसँग बिरामीलाई राख्ने बेड खाली छैनन्, जसले गर्दा लाशका लागि राख्ने ठाउँ र बेडहरु छैनन् ।” 

फोटोमा दुुइवटा लाशलाई बेडमा सँगसँगै राखिएको र अर्काे लाशलाई कुुर्सी नजिकैको बेडमा राखिएको देखिएको छ । यि तीनवटै लाशहरु सेतो ब्यागमा राखिएको देखिएको छ । 

लाशहरु बढ्दै गएपछि अस्पतालले लाश राख्न एक ठाउँबाट अर्काे ठाउँमा लान मिल्ने फ्रिजहरु अर्डर गरेको बताएका छन् । 

यसै क्रममा सिएनएनले शनिबार उक्त अस्पतालको भ्रमण गरेको थियो । सो भ्रमणको दौरान पाँचवटा फ्रिज पार्किङ लटमा राखिएको देखिएको थियो ।

सिएनएनले प्राप्त गरेको अर्काे फोटोमा फ्रिजभित्र लाशका ब्यागहरु एक माथि अर्काे गरी खप्टाइएको थियो । दुुई जना अन्य कर्मचारीले लाशहरुको बढ्दो संख्याले गर्दा आफूहरुले व्यक्तिगत रुपमा पीडितहरुलाई यसरी राखेको देखेको सिएनएन समक्ष पुष्टि गरेका छन् । 

अस्पतालबाट यस्ता भयावह र डरलाग्दा तस्बिरहरु सार्वजनिक भएपछि अस्पतालका प्रवक्ता ब्राइन टेलरले सिएनएनलाई भने, “हाम्रो अस्पतालमा निधन भएका मानिसको लाशलाई हामीले सम्मान र गरिमाका साथ व्यवहार गरेका छौ र उनीहरुको उचित रिहा नहुँुदासम्म साइटमै राखिने गरिन्छ ।”
सिएनएनबाट भावानुवाद