काठमाण्डौ । अमेरिकी चिकित्सकहरुले कोरोनाभाइरसका कारण त्यहाँका ३० देखि ४९ वर्षका मानिसहरुको अचानक मृत्युु भइरहेको भनेर चेतावनी दिएका छन् । यिनीहरुमध्ये कयौं मानिसहरुलाई पूर्ण रुपमा स्वस्थ थिए र उनीहरुलाई कोरोनाको कुुनै पनि लक्षण देखिएको थिएन । तर अचानक आउने स्ट्रोकका कारण उनीहरुको मृत्युु भइरहेको छ ।
न्युुयोर्कमा कयौं मानिसहरुको मृत्युु घरमै भइरहेको छ । वासिङटन पोस्ट डट कमको रिपोर्टका अनुुसार म्यानहटनको एमएसबिआई हस्पिटलका डाक्टर थोमस आक्सलीका अनुुसार एकजना बिरामीले कुुनै पनि औषधि लिएका थिएनन् । उनलाई पहिलेदेखि कुुनै पनि समस्या पनि थिएन । अरुजस्तै ती बिरामी पनि लकडाउनका कारण घरमै बसेका थिए । पछि अचानक उनलाई समस्या आउन थाल्यो । परीक्षणका क्रममा पत्ता लाग्यो कि उनी स्ट्रोक्स शिकार भएका रैछन भनेर ।
उनको टाउकोमा धेरै ठूलो ब्लकेज भएको पाइएको थियो । परीक्षणका क्रममा उनमा कोरोना संक्रमण भेटिएको थियो । उनी ४४ वर्षका थिए । तर, यस्तो स्ट्रोक्स हुुने मानिसको औसत उमेर ७४ वर्ष रहेको छ । तर, कोरोनाभइरसका कारण कम उमेरका मानिसहरुको पनि स्ट्रोक्सबाट ज्यान गइरहेको छ ।
न्युुरोलोजिस्ट थोमसका अनुुसार उनले बिरामीको टाउकोबाट जमेको रगत निकाल्ने प्रक्रिया सुरु गरे पनि फेरि बिरामीको टाउको रगत जमिरहेको थियो । यतिबेला अमेरिकामा अस्पतालहरुमा स्ट्रोक्सका बिरामीको संख्या बढिरहेको छ ।
परीक्षण गर्दा स्ट्रोक्सका बिरामीहरुलाई कोरोना संक्रमण भेटिने गरेको छ । यीमध्ये कयौं संक्रमितहरुमा कोरोनाको लक्षणका कुुनै पनि संकेत देखिएको थिएन ।
कोरोना देखिएको सुुरुवाततिर यसले फोक्सोमा मात्रै असर गर्छ भन्ने मान्यता थियो, तर अहिले गरिएका अध्ययनहरुले यसले लगभग सबैजसो अंगहरुमा नोक्सान पुुर्याउने तथ्य पत्ता लगाएका छन् । कोरोनाका कारण शरीरमा अन्य कयौं बिरामीहरु निम्तिरहेका छन्, जसलाई पत्ता लगाउन डाक्टरहरुलाई मुुश्किल परिरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago