काठमाण्डौ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन खुकुलो पार्दै अमेरिकाले केही राज्यमा मल र खुुद्रा पसलहरु पुुनः खुुल्न अनुमति दिएको छ। तर सर्तक र सावधानी अपनाइरहेका अमेरिकी जनतालाई मल र खुुद्रा पसलमा गएर सामान किन्न सुुरक्षित छ भनेर विश्वास दिलाउन भने कठिन हुुने देखिन्छ।
यो साता विशाल मल सिमोन प्रोपटी गुुप्रले आफ्ना ४९ मलहरु पुुनः खोल्ने जनाएको थियो। तर गुुप्रले प्ले एरिया र स्ट्रोलर स्टेसनहरु भने बन्द रहने जनाएको थियो।
त्यस्तै अर्काे अमेरिकी मल म्यासीले पनि आफ्ना ६८ वटा स्टोरहरु खुुला गर्ने जनाएको छ। वेस्ट वाई नामक मलले आफ्ना खुुल्न लागेका स्टारहरुमा खरिद गर्नका लागि ग्राहकले २०० वटा स्टोरहरुमा अप्वाइन्टमेन्ट तालिका लिनुुपर्ने जनाएको छ।
ग्राहकले खरिद गर्दा बखत बिक्रीकर्तासँग करिब ५ फिटको दूरी कायम गर्नुुपर्ने छ। यदि स्टोरमा ग्राहकलाई ग्याजेट चलाउनु परे वेस्ट बाईका कर्मचारीहरुले ग्याजेटलाई किटाणुुनाशकले पुुछिदिनेछन्।
कम्पनीहरुले आफ्ना रोकिएको व्यवसायलाई बढावा दिने प्रयास गरिरहेका छन् र उनीहरुको पसलहरुलाई जोगाउनका लागि नीतिहरुको कार्यान्वयनका बीचमा नाजुुक सन्तुुलन बनाउने प्रयास गरिरहेका छन्।
खुुद्रा बिक्रेताहरु भाइरसको खतरा र अमेरिकी अर्थव्यवस्था कसरी र कहिले खोल्ने भन्ने विषयमा राष्ट्रव्यापी धुुव्रीकरण बहसका बारेमा सार्वजनिक अधिकारीहरुको मिश्रित संकेतहरुको जवाफ दिइरहेका छन्। यसका साथै उनीहरु खस्किएको बिक्रीलाई पुुनर्जीवित गर्न लागिपरेका छन्।
मार्च महिनामा अमेरिकाको खुुद्रा बिक्रीमा ८.७ प्रतिशतको गिरावट आएको थियो। जुुन एक महिनाको अवधिमा आएको सबैभन्दा खराब गिरावट हो।
प्रत्येक ठूला चेन कम्पनीहरुले बेग्लै र भिन्न एप्रोच प्रयोग गरिरहेका छन्। नोर्डस्ट्रोम र ग्यापजस्ता केही राष्ट्रिय आउटलेटहरु भने बन्द अवस्थामा रहेका छन्। यसले अमेरिकाका शीर्ष खुद्रा कम्पनीहरुबीच संकटको घडीबाट कसरी बाहिर आउने भनेर गहिरो विभाजन निम्ताएको संकेत गरेको छ।
सार्वजनिक स्वास्थ्य र खुुद्धा विज्ञका अनुुसार ग्राहकलाई पुुनः स्टोरहरुमा फर्कनका लागि सार्वजनिक स्थानहरुमा भाइरसको संक्रमण सर्न सक्ने जोखिम र अमेरिकामा रहेको सीमित परीक्षणहरु प्रमुुख बाधकका रुपमा रहेका छन्। अमेरिकामा कोरोनाबाट मृत्युु हुुनेको संख्या ६० हजारभन्दा धेरै पुुगिसकेको छ र अमेरिकामा परीक्षणको दर न्युुन रहेको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago