काठमाण्डौ । कोरोनाको महामारीबाट अति प्रभावित अमेरीकामा कोरोना संक्रमणको दोस्रो लहर सुुरु भएको छ । 

भानडरबिल्ट युुनिभर्सिटीका प्राध्यापक विलियम स्काफनरले अमेरीकामा कोरोना संक्रमणको दोस्रो लहर सुुरु भएको र अमेरीकी जनताले सचेत हुुनुुपर्ने तथा देशको स्वास्थ्य प्रणालीमा समेत अतिरिक्त भार पर्ने बताएका छन् । 

“दोस्रो लहरको सुुरुवात भएको छ । हामी देशभर पुुनः खुलिरहेका छौं, तर धेरैजसो मानिसहरु सामाजिक दुुरीको नियम पालना गरिरहेका छैनन् र मास्क समेत लगाइरहेका छैनन ।” उनले भने । यसका साथै उनले पहिलो लकडाउनको प्रभावका कारण दोस्रो लकडाउन कल्पना गर्न नसकिने बताएका छन् । 

अमेरीकामा प्रतिबन्धहरु खुुकुुलो बनाइएपछि केही राज्यहरुमा कोरोनाका केसहरुमा वृद्धि भइरहेको छ । अमेरीकामा विश्वकै सबैभन्दा धेरै संक्रमित रहेका छन् । 

अमेरीकामा करीब २१ लाख जनता कोरोना संक्रमणबाट संक्रमित भएका छन् । 

त्यस्तै कोरोनाबाट मृत्युु हुुनेको संख्या पनि १ लाख १५ हजारभन्दा बढी छ । प्राध्यापक विलियमले अमेरीकामा कोरोनाको दोस्रो लहर सुुरु भए पनि मानिसहरु अझै सजक नभएको बताएका छन् । जसको कारण अमेरीकामा कोरोना संक्रमण व्यापक रुपमा फैलिएको उनको ठम्याई छ । 

यसका लागि सरकारहरु,व्यवसायिहरु,र विभिन्न राजनितिक नेताहरुले मानिसहरुलाई मास्क लगाउन र सामाजिक दुुरी कायम गर्न प्रोत्साहित गर्न आवश्यक रहेको उनले बताए । 

मास्क लगाउन अत्यावश्यक भएको र यसलाई सामाजिक मूल्यमान्यता बनाउनका लागि अधिकारीहरुले मानिसहरुलाई प्रोत्साहन र शिक्षित पार्नुु पर्नेमा उनले जोड दिएका छन् । यदि यसो नगरिए अमेरीकाको अवस्था भयावह हुुने उनले चेतावनी दिएका छन्।

कोरोनाको नियन्त्रण र रोकथामका लागि पूर्ण लकडाउनले आर्थिक ,सामाजिक र सांस्कृतिक जटिलताहरु निम्त्याउने भएकाले यस विषयमा सरकार केहि नरम हुुनुु पर्ने उनको सुुझाव रहेको छ ।