काठमाण्डौ । युनिर्भसीटी अफ वासिङटन अन्तर्गत रहेको इन्स्टिच्यूट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसन(आईएचएमइ) का अनुसार यो वर्ष अमेरिकामा कोरोना महामारीबाट मृत्यु हुनेको संख्या ४ लाख १० हजार पार हुने छ ।
जोन हपकिंग्स युनिर्भसिटीको आँकडा अनुसार अमेरिकामा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८६ हजार ८ सय पुगिसकेको छ । ह्वाइट हाउसका सरकारी अधिकारीहरुले मान्यता दिइसकेको आईएमएमइको मोडल अनुसार अमेरिकामा अर्काे वर्षको जनवरी १ सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या दोब्बर हुनेछ र राज्यहरुले प्रतिबन्धहरुलाई खुकुलो बनाउने हो र जनताले पनि स्वास्थ्य निर्देशिकाहरुलाई पालना नगर्ने हो भने यो संख्या ६ लाख २० हजारसम्म पुग्न सक्नेछ ।
“अमेरिकामा अहिलेको भन्दा खराब अवस्था आउनै बाँकी छ । मलाई लाग्दैन यदि अमेरिकामा यति संख्यामा मृत्यु भयो भने त्यो आश्चर्र्य हुनेछ । ” आईएचएमईका निर्देशक डाक्टर क्रिस्टोफर मुर्राेले भने ।
तर जुन महिनामा आईएचएमइले अक्टोबरसम्म अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख पुग्ने जनाएको थियो । जुन संख्या अहिले लगभग अनुमानित संख्या नजिक रहेको छ । तथापि केही गणित विज्ञ र महामारी रोग विज्ञहरुले आइएचएमईले भविष्यका लागि गरेको अनुमानको विरोध गरेका छन् ।
आइएचएमईले यसअघि कोरोनाबाट अमेरिकामा डिसेम्बर १ सम्म ३ लाख १७ हजार ६९७ जनाको मृत्यु हुने प्रक्षेपण गरेको थियो । आइएचएमइको मोडल अनुसार डिसेम्बर महिनामा अमेरिकामा प्रतिदिन ३ हजार जनाको मृत्यु हुनेछ । जोन हपकिंन्सको आँकडा अनुसार अहिले अमेरिकामा कोरोनाबाट प्रतिदिन ८०० जनाको मृत्यु भइरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago