काठमाण्डौ । कोरोना महामारीका कारण लाखाँै मानिसहरु बेरोजगार भएका अमेरिकाको रोजगार बजारले गति लिएको छ।
अमेरिकामा गत मे महिनामा ५ लाख ५९ हजारले रोजगार पाएका छन्। यद्यपि यो संख्या अर्थशास्त्रीहरुले अनुमान गरेभन्दा कम हो। उनीहरुले मेमा अमेरिकामा ६ लाख ५० हजारले रोजगार पाउने प्रक्षेपण गरेका थिए।
मेमा रोजगार पाउनेको संख्या बढेसँगै अमेरिकामा बेरोजगार दर ५.८ प्रतिशतमा झरेको त्यहाँको श्रम तथ्यांक विभागले जनाएको छ।
गत अप्रिलमा भने अमेरिकामा केवल २ लाख ७८ हजारले रोजगार पाएका थिए।
अमेरिकामा कोरोनाका कारण लाखौँ मानिसहरु रोजगारविहीन हुनुपरेको छ। तर त्यहाँका व्यापारी–व्यवसायीहरुले भने आफूहरुले श्रमशक्तिको अभावको सामना गरिरहनुपरेको गुनासो गरेका छन्। कर्मचारीहरुलाई काममा टिकाउन र आकर्षित गर्नका लागि कम्पनीहरुले ज्याला बढाइरहेका छन्। यद्यपि कयौँ राज्यहरुले कोरोनाकालमा विस्तारित रोजगार सुविधाहरु आगामी सेप्टेम्बरमा आधिकारिक रुपमा बन्द हुनुअगावै अन्त्य गर्ने घोषणा गरेका छन्।
त्यसो त अमेरिकामा प्रदान गरिएको बेरोजगार भत्ताको विरोध हुँदैँ आइरहेको छ। आलोचकहरुले सरकारद्वारा प्रदान गरिने बेरोजगार सुविधाहरुले मानिसहरुलाई अल्छी बनाएको भन्दै विरोध गर्ने गरेका छन्। तर महामारी अझै अन्त्य भइसकेको छैन। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago