काठमाण्डौ। रुस–युक्रेन युद्ध चर्किंदै गएपछि अमेरिकामा तेलको मूल्य ह्वात्तै बढेको छ। पछिल्लो साता पेट्रोलको मूल्य ११ प्रतिशतले बढेको छ।
युक्रेन संकटअघि नै कोरोना महामारीका कारण अमेरिकामा तेलको मूल्य बढिरहेको थियो। तर, अहिले झनै बढेको छ।
यस्तो अवस्थामा अमेरिकी रेडियो र टीभी च्यानलहरुमा रिपब्लिकन पार्टीका नेताहरु ऊर्जा नीतिका विषयमा राष्ट्रपति जो बाइडेनलाई घेराबन्दी गर्ने योजनामा छन्। उनीहरुले अमेरिकी तेल उत्पादनमा भएको अवरोधका लागि बाइडेन प्रशासनलाई दोष दिएका छन्। थप ड्रिल गर्न नदिँदा उत्पादन बन्द भएको उनीहरुको भनाइ छ।
मंगलबारको पत्रकार सम्मेलनमा जो बाइडेनले जमिन र पानीमा ड्रिलका धेरै लिजहरु प्रयोग भइरहेको छैन भनेर जोड दिए। मूल्य बढे पनि कम्पनीहरुले तेलको नयाँ उत्खनन घटाएका छन्।
यसका अलावा जो बिडेनले आफ्नो कार्यकालको पहिलो दिनमा किस्टोन एक्सएल पाइपलाइन निर्माण गर्ने विवादास्पद निर्णयलाई अस्वीकार गरे।
त्यस्तै यो अझै स्पष्ट छैन कि क्यानाडा र अमेरिकाबीचको पाइपलाइनले उत्पादन कसरी बढाउनेछ।
ह्वाइट हाउस सेक्रेटरी जेन साकीका अनुसार किस्टोन तेल क्षेत्र होइन। ‘यो पाइपलाइन हो। देशमा अन्य माध्यमबाट तेल पुग्ने क्रम जारी छ’, साकीले भने।
अमेरिकी प्राकृतिक ग्यास उत्पादकहरुले युरोपको ऊर्जा समस्या समाधान गर्न मद्दत गर्न सक्छन् भन्ने आशा पनि अहिले धुमिल हुँदै गएको छ। ग्यास निर्यातका लागि यसलाई तरल प्राकृतिक ग्यासमा परिणत गर्नुपर्छ। तर, यसको मात्रा बढाउन पर्याप्त निर्यात टर्मिनलहरु छैनन्।
यसका बाबजुद पनि रिपब्लिकन पार्टीका नेताहरु तेलको मूल्य बढेकोमा राष्ट्रपति बाइडेनलाई जिम्मेवार रहेको आरोप लगाइरहेका छन्। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19