काठमाण्डौ । अमेरिकामा मे महिनाको तुलनामा जुन महिनामा नयाँ रोजगारी दर घटेको छ।
मेमा ११.३ मिलियन नयाँ रोजगारी सिर्जना भएको थियो। तर, जुनमा १०.७ मिलियनमात्रै नयाँ रोजगारी सिर्जना भएको छ।
अमेरिकामा श्रम बजारको अवस्थाबारे सर्वेक्षण गर्ने संस्था जोल्टका अनुसार हालको नयाँ रोजगारी सिर्जनाको संख्या गएको सेक्टेम्बर २०२१ पछिकै सबैभन्दा कम हो।
कोभिडभन्दा पहिले अमेरिकामा नयाँ रोजगारी दर ७ मिलियन थियो। जोल्टका अनुसार जुनमा अमेरिकामा ५.९१ मिलियन मान्छे बेरोजगार छन्। हाल अमेरिकामा १.८ मिलियन मान्छेले नयाँ जागिर खोजेको पनि संस्थाले जनाएको छ।
मेमा ६.४ मिलियन मानिसले नयाँ रोजगारी पाएका थिए। यस्तो आँकडा जुनमा केही बढेर ६.५ मिलियन पुगेको थियो। मेमै ४.२४ मिलियन मानिसले जागिर छोडेका थिए।
नयाँ रोजगारी सिर्जना घटेसँगै काम परिवर्तन गर्नेको संख्या पनि घटेको छ।
अमेरिकामा आर्थिक मन्दीको संकेत बढेसँगै रोजगार कटौती बढेको र मानिसहरुले काम परिवर्तन गर्ने संख्यामा पनि गिरावट आएको जोल्टले जनाएको छ। जोल्टका अनुसार अमेरिकाको श्रम बजारमा केही संकुचन आएको छ।
अमेरिकी रिजर्भ बैंक फेडले ४० वर्षयताकै उच्च मुद्रास्फीति भएको जनाएको छ। योसँगै फेडले पटक–पटक ब्याजदर पनि बढाउँदै आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19