काठमाण्डौ । चीनको सबैभन्दा ठूलो टेक कम्पनीमध्ये एक अन्ट गुुप्रले चीन र अमेरिकाबीच बढेको भू–राजनीतिक तनावबीच वाल स्ट्रिटलाई झट्का दिंदै लामो समयदेखि प्रतिक्षारत आइपीओका लागि घरेलुु बजार नै रोजेको छ ।
कम्पनीले सोमबार नास्डकलाई चीनको उत्तर स्वरुप साङ्घाई र हङकङमा आइपीओ लिस्टीङ गर्ने योजना घोषणा गरेको हो ।
अन्ट गुु्रपको चीनको दिग्गज इ–कर्मस कम्पनी अलि बाबासँग सम्बन्ध रहेको छ । यो गुु्रपले सन् २०१४ मा वालस्ट्रिटमा आफ्नो डेब्युुको दौरान २५ बिलियन डलरको रेकर्डतोड रकम संकलन गरेको थियो । यो अहिलेसम्मको दोस्रो सबैभन्दा ठूलो आइपीओ हो ।
चीनमा सबैभन्दा धेरै लोपकप्रिय रहेको पेमेन्ट एप अलि पेमा अन्ट गुु्रपको स्वामित्व रहेको छ । यसले अनलाइन वित्तीय सेवाहरु जस्तै कर्जा, लगानी र क्रेडिट स्कोर सिस्टम प्रदान गर्ने गर्दछ । हान्झोउमा आधारित कम्पनीको कुुल सम्पत्ति १५० बिलियन डलर बराबरको रहेको छ ।
कम्पनीको यो कदमलाई हङकङको आत्मविश्वास बढाउनका लागि गरिएको जनाइएको छ । वेइजिङले हङकङमा विवादित सुुरक्षा कानुुन लागू गरेपछि एसियाको आर्थिक हबको रुपमा रहेको हङकङको भविष्य अन्यौलमा परेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago