काठमाण्डौ । अमेरिकालाई पछि पार्दै भारत विश्वकै दोस्रो सबैभन्दा आकर्षक विनिर्माण गन्तव्य बन्न सफल भएको छ।
हालै सार्वजनिक विश्व विनिर्माण जोखिम सूचकांक २०२१ मा भारत विश्वकै दोस्रो सबैभन्दा आकर्षक विनिर्माण गन्तव्य बन्न सफल भएको हो। मुख्यगरी लागतको हिसाबले विनिर्माण केन्द्रका रुपमा भारतमा आकर्षण बढेको देखिएको छ।
यो सूचीमा चीन पहिलो स्थानमा रहेको छ। यसअघि सन् २०२० मा सार्वजनिक यो सूचीमा अमेरिका दोस्रो र भारत तेस्रो स्थानमा रहेको थियो।
यो सूचकांकले युरोप, अमेरिका तथा एसिया प्रशान्तका ४७ देश आकर्षक विनिर्माण गन्तव्यमा रहेको देखाएको छ। यो सूचीमा अमेरिका तेस्रो, क्यानडा चौथो र चेक रिपब्लिक पाँचौँ स्थानमा छन्।
लिथुआनिया, थाइल्यान्ड, मलेसिया र पोल्यान्ड क्रमशः छैटाँैदेखि दसौँ स्थानसम्म पर्न सफल भएका छन्।
रियल इस्टेट सल्लाहकार कुशम्यान एन्ड वेकफिल्डका अनुसार अमेरिका र एसिया प्रशानत क्षेत्रको तुलनामा पछिल्लो समय विनिर्माता भारतमा रुचि देखाइरहेको प्रस्ट भएको छ। परिचालनको परिस्थितिहरु तथा लागत दक्षताका कारण विनिर्माण गन्तव्यका रुपमा भारतमा आकर्षण बढेको हो।
यसका अलावा भारतले बाहिरी स्रोतहरुको आवश्यकताहरु सफलतापूर्वक पूरा गरेको देखिन्छ । यसका कारण वार्षिक सूचकांकमा भारतको अवस्थामा सुधार हुँदै गएको पाइएको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago