photo : Reuter
काठमाण्डौ । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्बले एक वर्षको अन्तरमा दोश्रोपटक ब्याजदरमा वृद्धि गरेको छ ।
बुधबार केन्द्रीय बैंकले ब्याजदरको आधारलाई ०.२५ प्रतिशतले बढाएको हो । अब अमेरिकामा ब्याजदर बढेर ०.५० देखि ०.७५ प्रतिशतसम्म भएको छ ।
अमेरिकी केन्द्रीय बैंकको यो निर्णयसँगै विश्वका अधिकांश(अमेरिका) बाहेकका सेयर बजारमा गिरावट आएको छ । विश्व बजारमा सुनको भाउमा समेत पहिरो गएको छ ।
नेपालजस्तो गरीब मुलुकका लागि समेत ब्याजदर बढेसँगै आयात खर्च बढ्ने, अमेरिकी डलरसँग नेपाली रुपैयाँ अझ बढी अवमूल्यन लगायतका घाटाहरु हुने अर्थविदहरुले बताएका छन् ।
अमेरिकामा सन् २००६ पछि दोश्रोपटक डिसेम्बर १५ मा ब्याजदर बढाइएको हो । यसअघि अमेरिकी केन्द्रीय बैंकले सन् २०१५ मा बण्ड खरिदारी कार्यक्रमलाई बन्द गरी ब्याजदर बढाउने निर्णय लिएको थियो ।
नीति बनाउने निकाय फेडरल ओपन मार्केट कमिटीले मुख्य फेडरल दरमा ०.५ देखि ०.७५ प्रतिशतसम्म बढोत्तरीको सर्वसम्मति निर्णय गरेको थियो । कमिटीले अमेरिकी अर्थव्यवस्था बिस्तारै मजबुत बन्दै जाने बताएको छ । उसले अमेरिकी अर्थव्यवस्थामा महंगी खासै नबढ्ने, बरु लेबर मार्केट मजबुत हुने आशा व्यक्त गरेको छ । उसका अनुसार अमेरिकी अर्थव्यवस्थाको आउटलुुकमा लगातार सुधार देखिएको छ ।
केमा होला असर ?
अमेरिकी ब्याजदर बढेसँगै विश्वका कैयन मुलुुकको अर्थव्यवस्था प्रभावित हुुनेछ । विश्वका कयौ सेयर बजारहरुमा यो निर्णयसँगै मन्दी आएको छ । विश्वका मुद्राहरुको मूल्य समेत डलरको अगाडि अवमूल्यन हुने समस्या आउनसक्छ । आयातमा आधारित अर्थतन्त्र भएका सबै मुलुुकलाई अमेरिकी केन्द्रीय बैंकको यो निर्णयले असर गर्नेछ । भारत, नेपाल जस्तो देशको आयात खर्च बढ्नेछ ।
यस्तै, अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाएपछि डलर मजबुत बन्ने भन्दै लगानीकर्ता यसतर्फ आकर्षित भएपछि लगातार घटिरहेको सुनको भाउ अझै घट्ने निश्चित झै देखिएको छ । सुन कारोबारीहरुमा ब्याजदर नबढ्ला कि भन्ने झिनो आशा थियो । अब बजार अझ तल जानेछ । यसले नेपालमा समेत सुन अझ सस्तिने छ । हुन त घरेलु विज्ञहरुले सुनको मूल्य प्रति तोला ४८ हजारसम्म हुनसक्ने प्रक्षेपण गरिरहेका छन् ।
ब्याजदर वृद्धिसँगै डलर मजबुत बन्दा नेपालजस्तो देशलाई फाइदा पनि छ । नेपालको अर्थव्यवस्था रेमिटान्समा आधारित हो । यसकारण डलरको भाउ बढ्दा मुलुुकमा भित्रिने रेमिटान्स बढ्नेछ । यसले नेपालबाट निर्यात हुने हस्तकला लगायतका निर्यातजन्य सामानका उत्पादनकर्तालाई चाहि बढी फाइदा हुनेछ ।
तर डलर मजबुुत बन्दा अमेरिका लगायतका देशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीहरुको खर्च चाहि बढ्नेछ । विदेश घुुम्न जानेहरुले समेत ब्याजदर वृद्धिपछि डलरमा हुने मजबुतीको असर भोग्नुुपर्नेछ ।
डलर मजबुत हुँदा सरकारले ठूला आयोजनाका लागि लिएका वैदेशिक ऋणहरुको आकार थोरै भए पनि बढ्नेछ । ऋण भुक्तानका लागि विनियोजित यसअघिको बजेट अपुुग हुने हुँदा यसतर्फ पनि सरकारले घाटा व्यहोर्नुुपर्नेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago