काठमाण्डौ। कोरोनाभाइरसले गर्दा यतिबेला विश्वको आर्थिक अवस्था नाजुुक अवस्थामा पुुगेको छ।

विश्वका देशहरुको आर्थिक गतिविधिमा सुुस्तता छाएको छ। जानकारका अनुसार कोरोनाले थलिएको विश्व अर्थतन्त्र तंग्रिन निकै समय लाग्न सक्छ। कोरोनाले अमेरिकाको अर्थतन्त्र पनि प्रभावित भएको छ।

यतिबेला कोरोनाले गर्दा अमेरिकाको आर्थिक क्षेत्रमा पनि सुुस्तता छाएको छ। कोरोनाको प्रभाव कम गर्न अमेरिकी सरकारले एउटा उपाय निकालेको छ।

डोनाल्ड ट्रम्प सरकारले कोरोनाको प्रभावबाट जनतालाई राहत दिन सरकारी ढुुकुुटीबाट प्रत्यक्ष पैसा दिने भएको छ। डाइरेक्ट फन्ड ट्रान्सफरबाट ५०० अर्ब अमेरिकी डलर जनतामा बाँड्ने योजनामा ट्रम्प सरकार रहेको छ। यसलाई अमेरिकी सरकारले दुुई किस्तामा बाँड्ने छ। 

यदि यो रकम ३३ करोड अमेरिकी जनतालाई समान रूपमा बाँडिने हो भने प्रत्येकको हातमा १ लाख ६० हजार रुपैयाँ पर्ने जान्छ। तर ट्रम्पले यस सम्बन्धित अन्तिम जानकारी भने लिइनसकेको बताएका छन्। 

अमेरिकी मिडियाहरुले भने ट्रम्प प्रशासनले यससम्बन्धी प्रस्ताव कंग्रेसलाई पठाएको जनाएका छन्। प्रस्तावमा पहिलो र दोस्रो चरण दुुवैमा २५०–२५० अर्ब डलर दिने योजना अगाडि सारिएको छ। 

पहिलो चरण अप्रिलमा सुुरु हुुने र दोस्रो चरण मे महिनाको मध्यतिर सुुरु हुुनेछ। अमेरिकी सरकारले पहिले पनि संकट पर्दा आफ्ना नागरिकलाई आर्थिक सहायता प्रदान गर्ने गरेको थियो। तर अहिले प्रदान गर्ने यो राहत प्याकेज भने पहिलेको भन्दा बढी हुने अमेरिकी मिडियाले जनाएका छन्। 
वाल स्ट्रिट जर्नलका अनुुसार सरकारले प्रदान गर्ने यो आर्थिक सहायता परिवारको संख्या र आय हेरेर प्रदान गरिनेछ। –एजेन्सी