काठमाण्डौ । पहिलेदेखि नै व्यापार युद्धमा रहेका विश्वका दुुई आर्थिक सम्पन्न राष्ट्र अमेरिका र चीनबीचको सम्बन्धमा थप तिक्तता थपिएको छ ।
अमेरिकाले चीनका त्यस्ता ३३ कम्पनी र संस्थाहरुलाई कालोसूचिमा राख्ने भएको छ, जुुन चिनियाँ सेनासँग जोडिएका छन् या त जसको सम्बन्ध मुुस्लिम विवरण अल्पसंख्यकसँग रहेको छ ।
कोरोनाभाइरसका कारण यी दुुवै शक्ति राष्ट्रबीच रहेको तनावको स्तर बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस चीनको प्रयोगशालामा विकास भएको र यसलाई पुुष्टि गर्न आफूसँग प्रमाण रहेको भन्दै आइरहेका छन् ।
अमेरिकी वाणिज्य मन्त्रालयले आफ्नो एक विज्ञप्तिमा भनेको छ कि, “सातवटा चिनियाँ कम्पनी र संस्थाहरुलाई कालोसूचिमा राखिएको छ किनकि यी कम्पनी र संस्थाहरु विवरण अल्पसंख्यक मुस्लिम र अन्य मानिसहरुको मानव अधिकार हनन् गर्ने चिनियाँ अभियानसंग जोडिएका छन् । यस अभियानमा बिनाकारण ठूलो संख्यामा मानिसहरुलाई हिरासतमा लिइने गरिन्छ र उनीहरुलाई बन्धक बनाएर जर्बजस्ती श्रममा लगाइन्छ । यसका साथै उनीहरुमा उच्च प्रविधिका माध्यमबाट २४ सै घण्टा निगारानी राख्ने गरिन्छ ।”
मन्त्रालयले आफ्नो बयानमा अन्य दुुई दर्जन कम्पनी, सरकारी संस्थाहरु र व्यवसायिक संगठनहरुलाई पनि चिनियाँ सेनालाई सामान आपूर्ति गरेका कारण कालोसूचिमा राखिएको जनाएको छ । कालोसूचिमा राखिएका यी कम्पनी र संस्थाहरु कृत्रिम बौद्धिकता र फेसियल रिकोग्नीसन जस्ता प्रविधिका क्षेत्रमा काम गर्ने गर्दछन् ।
अमेरिकाका कयौ ठूला कम्पनीहरुले यि क्षेत्रहरुमा ठूलो मात्रामा लगानी गरेका छन् । यसमा इन्टेल कर्प जस्ता कम्पनीहरु पनि समावेश छन् । कालोसूचिमा राखिएको कम्पनीमा चीनको नेटपोसाको नाम पनि समावेश छ । फेसियल रिकोग्निसन यो एआई कम्पनीलाई अमेरिकाले चीनमा रहेका अल्पसंख्यक मुुस्लिम समुुदायमाथि निगरानी राख्ने गरेको आरोप लगाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago