काठमाण्डौ । सोमबार अमेरिकाको सेयर बजारमा ६ वर्षकै सबैभन्दा ठूलो गिरावट आएको छ । एजेन्सीहरुका अनुसार एकदिनको गिरावटले गत एकवर्षमा भएको बढोत्तरीपछि लगानीकर्ताले कमाएको सम्पत्ति समेत गुमेको छ ।
बजारमा बिक्रीको चाप ह्वात्तै बढेको समाचारमा जनाइएको छ । अमेरिकी बजारको एसएण्डपी ५०० इण्डेक्स डाओ जोन्स इण्डस्ट्रियल इण्डेक्समा ४ प्रतिशत भन्दा बढीको गिरावट आएको छ । अमेरिकी बजार केही दिनमै ७ प्रतिशत भन्दा बढीले घटिसकेको बताइएको छ ।
डाओ जोन्समा भारी गिरावट
अमेरिकामा ऋणपत्रतर्फको रिटर्न बढिरहेको छ । सोमबार यो २.८८ प्रतिशतसम्मले वृद्धि भयो । ऋणपत्रतर्फको राम्रो रिटर्नका कारण सोमबार कारोबारमा समेत बिक्रीको चाप देखिएको छ । जसका कारण डाओ जोन्स ११७५ अंक अर्थात ४.६० प्रतिशतको ठूलो गिरावटका साथ २४३४६ अंकमा बन्द भएको छ । कारोबारको क्रममा डाओ जोन्स १६०० अंकसम्म घटेको थियो, तर पछि सम्हालियो ।
यस्तै, एसएण्डपी ५०० इण्डेक्स ११३ अंक अर्थात ४.१० प्रतिशत घटेर २६४९ अंकमा सीमित बन्न पुुगेको छ । यस्तै, नेस्डेक २७३ अंक अर्थात ३.७८ प्रतिशत घटेर ६९६८ को विन्दूमा सीमित भएको छ ।
अमेरिकामा बण्ड यील्ड बढ्ने डरका कारण शुक्रबार समेत अमेरिकी बजारमा भारी गिरावट भएको थियो । अमेरिकामा १० वर्षको वण्ड यिल्ड २.८५ प्रतिशतसम्म पुुगेको थियो । बण्ड यिल्ड बढ्नुुलाई त्यहाँ ब्याजदर बढोत्तरीको संकेतको रुपमा बुझिन्छ । यहीकारण शुक्रबार डाओ जोन्स ६६६ अंकले घटेको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago