काठमाण्डौ । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याज दरमा ०.२५ प्रतिशतले कटौती गरेको छ ।
फेडको दुई दिवसीय बैठक मंगलबार सुरु भएको थियो र बुधबार ब्याज दरमा कटौतीको निर्णय गरेको हो । नेपाल समयअनुसार बुधबार राति अबेरबाट नयाँ ब्याज दरको घोषणा भएको थियो ।
पछिल्लोपटक अमेरिकाको केन्द्रीय बैंकले गत अगस्ट १ मा ब्याज दरमा ०.२५ प्रतिको कटौती गरेको थियो । अगस्टअघि बैंकले सन् २००८ मा ब्याज दरमा फेरबदल गरेको थियो ।
विश्व अर्थव्यवस्थामा आइरहेको बन्दीका कारण फेडरल रिजर्भलाई ब्याज दरमा कटौती गर्नुपर्ने दबाब परेको थियो ।
फेडका अध्यक्ष जेरोम पावेलले नयाँ ब्याज दरको घोषणा गर्दै मौदिक नीति राम्रो अवस्थामा रहेको बताए । उनले नयाँ ब्याज दरले अर्थव्यवस्था मजबुत राख्न र जोखिम कम गर्न सहयोगीसिद्ध हुने विश्वास व्यक्त गरे । –एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago