काठमाण्डौ । च्यारिटीको पैसा दुरुपयोग गरेको ठहर गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई न्युयोर्क अदालतले २० लाख अमेरिकी डलर जरिवानाको आदेश दिएको छ ।
राष्ट्रपति ट्रम्प सन् २०१६ को राष्ट्रपति चुनाव अभियानमा ‘डोनाल्ड जे ट्रम्प’ च्यारिटीको पैसा खर्च गरेको मुद्दामा दोषी पाइएका हुन् । उनले च्यारिटीको पैसा आफ्नो नाफामै चलिरहेको कम्पनीको कर्जा तिर्न र चुनावका क्रममा आफ्नो पोस्टर र पेन्टिङ बनाउन प्रयोग गरेको अदालतले ठहर गरेको छ ।
ट्रम्पविरुद्ध गत वर्ष यो मुद्दा अदालतमा दर्ता भएको थियो । मुद्दा दर्ता गर्नेले राष्ट्रपति ट्रम्पले च्यारिटीको पैसा आफ्नो चेकबुकसहर प्रयोग गरेको आरोप लगाएका थिए ।
हाल उक्त च्यारिटी बन्द भइसकेको छ । अदालतले ट्रम्पले जरिवानाको रकम सोही च्यारिटीमा दाखिला गर्नुपर्ने भए पनि बन्द भइसकेकोले अब आठवटा अन्य च्यारिटीमा दान गर्नुपर्ने फैसला सुनाएको छ ।
राष्ट्रपति ट्रम्प र उनका वकिले भने यी आरोपहरु राजनीतिबाट प्रेरित रहेको बताइरहेका छन् । –एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago