काठमाण्डौ । कोरोनाभाइरस रोकथामका लागि अमेरिकाले युरोपेली मुलुकहरुबाट आफ्नो देशमा हुने यात्रालाई प्रतिबन्ध गरेको घोषणासँगै अमेरिकी सेयरबजारमा बिहीबार पहिरो खसेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै एक महिनाका लागि युरोपेली मुलुकहरुबाट आफ्नो देशमा हुने यात्रालाई प्रतिबन्ध गरेको घोषणा गरेका थिए। बेलायतबाट हुने यात्रामा हुने प्रतिबन्ध लगाइएको छैन।
यो घोषणासँगै अमेरिकी सेयर बजारमा डाउ (आईएनडीयू) फिचर्समा ११ सय अंक अर्थात ४.७३ प्रतिशतको गिरावट आएको छ। त्यस्तै एस एन्ड पी ५०० (एसपीएक्स) फिचर्स ४.६ प्रतिशत र नस्दाक (सीओएमपी) फिचर्समा ५ प्रतिशतको गिरावट देखिएको छ। यो गिरावटसँगै डाउ र एस एन्डी ५०० बियरमा मार्केटको त्रास सिर्जना भएको छ।
यता एसियाली सेयर बजारमा पनि बिहीबार भारी गिरावट देखिएको छ। जापानको एन२२५ मा ४.१ को गिरावट आएको छ। त्यस्तै बेन्चमार्क इन्डेक्स बियर मार्केटमा प्रवेश गरेको छ। यसमा २० प्रतिशत बढीको गिरावट देखिएको छ। जुन अहिलेसम्मकै उच्च हो।
यसैगरी हङकङको ह्याङ सेङ इन्डेक्स ३.२ प्रतिशत, साङ्घाई कम्पोजित इन्डेक्स १ प्रतिशत र साउथ कोरियाको कोस्पी इन्डेक्स ३.८ प्रतिशतले घटेको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago