एजेन्सी । नेपालका राजनीतिक दलका अनेक खालका चुनाव चिन्ह छन् । एमालेले सूर्यलाई आफ्नो चुनाव चिन्ह बनाउने गरेको छ भने कांग्रेसले रुख तथा माओवादीले हसियाहथौडालाई । मधेशवादी दलमध्ये कसैले तीर, कसैले मसाल लगायतलाई चुनाव चिन्ह बनाउने गरेका छन् । राप्रपा नेपालले गाईलाई चुनाव चिन्ह बनाउने गरेको छ भने राप्रपाले हलो तथा अन्य साना दलहरुले अनेक खालका वस्तु, जनावर तथा चरालाई चुनाव चिन्ह बनाउने गरेका छन् ।
चुनाव चिन्हको रोचक कथा नेपालमा मात्रै छैन । अहिले विश्वकै ध्यान तानिरहेको अमेरिकी राष्ट्रपति निर्वाचनका दुई प्रत्यासीको दलले प्रयोग गर्दै आएको चुनाव चिन्हको कथा पनि निकै रोचक र चाखलाग्दो छ ।
हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पबीचको तीव्र प्रतिस्पर्धाका कारण अहिले अमेरिकामा ‘गधा कि हात्ती ?’ भन्ने लहर छाएको छ ।
कारण, अमेरिकाको रिपब्लिकन पार्टीको चुनाव चिन्ह हात्ती हो भने डेमोक्रेटिक पार्टीको चुनाव चिन्ह गधा हो ।
डेमोक्रेटिक पार्टीको गधाको किस्सा(कथा) निकै रोचक छ ।
सन् १८२८ मा तत्कालीन राष्ट्रपति चुनावका लागि गधाको पोस्टरलाई प्रयोग गरिएको थियो । कारण त्यसबेला डेमोक्रेटिक पार्टीका उम्मेद्वारलाई विपक्षीहरुले ‘गधा’ नामले पुकार्थे । त्यसपछि डेमोक्रेटिक पार्टीका अर्का उम्मेद्वार थोमस नस्टले पनि गधाकै कार्टुन आफ्नो चुनावी प्रचारमा प्रयोग गरे । यही क्रम लगातार रहँदा १९ औं शताब्दीको अन्ततिरै यो पार्टीको चुनाव चिन्ह गधा लोकप्रिय भइसकेको थियो ।
रिपब्लिकन पार्टीको चुनाव चिन्ह हात्तीको कहानी पनि कम रोचक छैन ।
पूर्व राष्ट्रपति अब्राहम लिंकनको चुनावी अभियानमा इलिनायको एक स्थानीय अखबारले हात्तीको प्रयोग रिपब्लिकन पार्टीको अभियानका लागि गर्यो ।
यसको कारण सायद हात्तीको शक्तिको प्रयोग भएको भन्ने संकेत गर्न खोजिएको थियो कि भन्ने अनुमान लगाइन्छ ।
सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा समेत लगभग सबै राज्यमा ह्याट, टीसर्टस्, मोवाइल फोनको कभर र झण्डामा समेत दुवै पार्टीको रंगको साथमा चुनाव चिन्ह समेत देख्न सकिन्छ ।
केही घण्टापछि नै थाहा हुनेछ कि यसपटक अमेरिकामा हात्ती वा गधा को शक्तिशाली ठहरिन्छ भन्ने कुरा ।
बीबीसीबाट भावानुवाद
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago