काठमाण्डौ । अमेरीकी अर्थतन्त्रले एक दशकको अवधिमा पहिलो पटक प्राप्त गरेको भन्दा धेरै रोजगारी गुुमाएको छ । 

मार्च महिनामा मात्रै अमेरीकी अर्थतन्त्रमा ७ लाख १० हजारले आफ्नो जागिर गुुमाएका छन् । सन् २०१० सेप्टेम्बर महिना पछि अमेरीकी अर्थतन्त्रले गुुमाएको सबैभन्दा धेरै रोजगारी संख्या हो यो । 

विगत ५० वर्षको अवधिमा न्युुनतम बेरोजगार दर ३.५ रहेकोमा अहिले अमेरीकामा बेरोजगारी दर बढेर ४.४ प्रतिशत पुुगेको छ । यो बेरोजगारी दर सन् २०१७ पछि कै सबैभन्दा धेरै हो । 

यससंगै सन् १९७५ पछि एक महिनाको अवधिमा बेरोजगारी दरमा आएको यो सबैभन्दा धेरै परिवर्तन हो । यतिबेला रेष्टुुरेन्ट र बारमा काम गर्नेले सबैभन्दा धेरै रोजगार गुुमाएका छन् । रेष्टुरेन्ट र बारमा काम गर्ने ४ लाख १७ हजार ४००  जनाले आफ्नो काम गुुमाएका छन् । त्यस्तै रिटेलर्सहरुले ४६ हजार २०० रोजगार कटौति गरेका छन् । 

डेन्टीस्ट र फिजीसिएनहरुमा हुुने नियमित स्वास्थ्य चेकअप घटेपछि स्वास्थ्य सेवाका ४३ हजार जनाले रोजगारी गुुमाएका छन् । 

मार्च महिनाको रिपोर्टमा केही थोरै आशा जगाउने समाचार पनि आएको छ । यो रोजगारीमा देखिएको कटौति अस्थायी मात्रै हो । 

फ्रेबुु्रअरी महिनामा १० लाखले रोजगार गुुमाएकोमा गत महिना १० लाख ८० हजार मानिसले अस्थायी रुपमा रोजगार गुुमाएका थिए । 

रोजगारमा भइरहेको कटौतिले अर्काे महिनाबाट झनै तिव्रता पाउनेछ।

रोजगार संख्याको रिपोट दुुइवटा सर्वेक्षणबाट लिइएको हो । जसमा ६० हजार घरेलुु र १४५०० हजार व्यापारीक र सरकारी संस्थाहरुको सर्वेक्षण गरिएको थियो ।