काठमाण्डौ । अमेरिकी तेल उद्योगले यतिबेला प्रलयका दिनको सामना गरिरहेको छ । कोरोनाभाइरसको महामारीले विश्वमा तेलको माग तीव्र गतिमा घटेपछि विश्वमा तेल भण्डारण गर्ने ठाउँको अभाव भएको छ ।
यहीबेला रुस र साउदी अरेबियाले विश्वमा तेलको बाढी नै ल्याइदिएका छन् । यी दुुवै देशका कारण तेलको मूल्यमा यस्तो पहिरो आयो कि अमेरिकी तेल कम्पनीहरुलाई तेल बेचेर आर्जन गर्न असम्भव भएको छ ।
सोमबार मे महिनाका लागि अमेरीकाको कच्चा तेल ढुुवानी नकारात्मक अवस्थामा पुुगेको छ । एनवेईमेक्स वोइल फ्युुचरस्ले सन् १९८३ देखि तेलको व्यापार गर्न थालेदेखि यस्तो अवस्था यसअघि कहिल्यै आएको थिएन । यो तेल बजारको लागि सबैभन्दा खराब रेकर्ड हो ।
जुुन महिनाको लागि अमेरिकी तेल ढुुवानी अहिले पनि प्रति ब्यारेल २० डलरमा कारोबार भइरहेको भए पनि यो अझै पनि विनाशकारी रहेको छ । “पहिल्यै नै प्रति ब्यारेल ३० डलर खराब अवस्थामा छ, तर अब प्रति ब्यारेल २० डलर र १० डलर हँुुदा त हाम्रा लागि पूर्ण रुपमा दुस्वप्न जस्तै हो ।” राइसटड इनर्जीमा सेल रिसर्चका प्रमुुख आर्टेम अर्बामोभले भने ।
धेरैजसो तेल कम्पनीहरुले पहिले अवस्था राम्रो हुँदा ठूलो मात्रामा ऋण लिएका थिए । ती कम्पनीहरुमध्ये केही कम्पनीहरु यो ऐतिहासिक संकटको बेला बाँच्न पनि नसक्ने अवस्थामा पुुगेका छन् । राइस्टर्ड इनर्जीका अनुुसार प्रति ब्यारेल २० अमेरिकी डलरको वातावरण सिर्जना भएपछि अमेरिकाका तेल अन्वेषक र उत्पादक कम्पनीहरुले सन् २०२१ को अन्त्यसम्म टाट पल्टने भन्दै कम्पनीलाई संकटग्रस्तको सूचिमा दर्ता गर्न सक्नेछन् ।
राइस्टर्डका अनुुसार यदि तेलको मूल्य प्रतिब्यारेल १० डलर भए ११०० भन्दा धेरै कम्पनीहरु टाट पल्टन सक्नेछन् । “प्रति ब्यारेल १० डलर हँुुदा युुएस ए एण्ड पि कम्पनीका ऋण लिएका लगभग सबै जस्ता कम्पनीहरुले च्याप्टर ११ का लागि दर्ता गर्नेछन् या त रणतीतिक मौकाका लागि विचार गर्नेछन् ।” आर्बाेमोभले भने ।
ओपेकको उत्पादन कटौतिले प्यानिक अवस्थालाई अन्त गर्न सकेन
तेलको मूल्यमा भएको रेकर्डको सबैभन्दा धेरै आश्चर्यजनक पक्ष के भने राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्तक्षेप गरेपछि रुस र रसिया आफूहरुबीच भएको मूल्ययुुद्ध अन्तय गर्न सहमत भएका थिए । ओपेक प्लसका देशहरु पनि रेकर्ड मात्रामा तेल कटौति गर्न सहमत भएको थियो ।
ट्रम्पले ओपेक प्लससँगको सम्झौताले असंख्य कामदारको रोजगार बचाउन सक्ने र अमेरिकी तेल क्षेत्रमा स्थायित्व ल्याउनसक्ने बताएका थिए । “रुस र साउदीको सम्झौताले अमेरिकाको उर्जा क्षेत्रमा लागेका लाखौको रोजगार बचाउनेछ । म यसका लागि रुसका राष्ट्रपति पुुटिन र साउदीका राजा सलमानलाई धन्यबाद र बधाई दिन चाहन्छुु ।” भन्दै अप्रिल १२ मा ट्रम्पले ट्वीट गरेका थिए । तर, सम्झौता भए बमोजिम मे महिनासम्म कटौति गर्ने कुुनै छाटकाट नभएपछि तेलको मूल्यमा भइरहेको गिरावट कायमै रहेको छ ।
यसका साथै जेट विमान, कार, सवारी साधन र उद्योग कलकारखानाहरु बन्द भएकाले तेलको मागमा पनि निरन्तर रुपमा कमी आइरहेको छ । तेल उद्योगले सोमबार तेलको मूल्यमा आएको नकारात्मक गिरावटको कारण भविष्यका लागि तेलको सम्झौतामा आएको कमी भएको आशा लिएका छन् ।
मंगलबार सम्झौता समाप्त हुुनुुभन्दा पहिले मे महिनाका लागि अहिलेसम्मकै सबैभन्दा न्यून मागको सम्झौता भएको थियो । मे महिनामा ढुुवानी भएकोे तेललाई भण्डारण गर्ने ठाउको अभावका कारण यस्तो भएको हो । जुुन महिनाका लागि प्रति ब्यारेल २२ डलरमा मागको सम्झौतामा १० प्रतिशतको वरिपरिको गिरावट आएको छ ।
त्यस्तै विश्वको बेञ्चमार्क ब्रेन्ट क्रूडमा ५ प्रतिशतको गिरावटसँगै तेलको मूल्य प्रति ब्यारेल २६.५० डलर पुुगेको छ । अझै पनि तेलको मागको सम्झौता प्रत्येक महिना घट्दै आइरहेको छ र यसले रेकर्डमा कमी ल्याइरहेको छैन ।
तेल उद्योगमा अभुुतपूर्ण तनाव
एस एण्ड पि ५०० इनर्जी सेक्टरले यो वर्ष ४० प्रतिशत गुुमाइसकेको छ । नोवेल इनर्जी, ह्यालीबुुर्टन, म्याराथन ओइल र अक्सीडेन्टलले आफ्नो मूल्यको दुुई तिहाई गुुमाइसकेका छन् । डोको सदस्य एक्जनमोबिलमा पनि ३८ प्रतिशतको गिरावट आएको छ । राइस्टर्ड इनर्जीले प्रति ब्यारेल २० डलर हुुँदा तेल कम्पनीहरुको ७० बिलियन डलर ऋण टाट पल्टिने प्रक्षेपण गरेको छ ।
त्यस्तै सन् २०२१ मा १७७ बिलियन ऋण टाट पल्टने छ । यो प्रक्षेपण केवल तेलको अन्वेषक र उत्पादक कम्पनीमा मात्रै देखिने छ । यसमा तेलको उत्खनन्को उपकरण र जनशक्ति प्रदान गर्ने सभिर्सिङ उद्योग पर्ने छैनन् । मुुख्य कुुरा तेलको मूल्यमा आइरहेको गिरावटले कहिलेसम्म निरन्तरता पाइरहन्छ भन्ने हो । तेलको मूल्य तीव्र गतिमा उकालो लागे धेरैजसो कम्पनीहरु टाट पल्टनबाट बच्नेछन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago