काठमाण्डौ । कोरोनाभाइरसका कारण अमेरिकाको अर्थतन्त्रमा जनवरीदेखि मार्च महिनाको अवधिमा पछिल्लो ६ वर्षयताकै सबैभन्दा धेरै संकुुचन देखिएको छ ।
यो वर्षको पहिलो त्रैमासमा अमेरिकाको कुुल ग्राहस्थ उत्पादन(जिडिपि) मा ४.८ प्रतिशतको गिरावट आएको छ ।
बुुधबार सरकारले सार्वजनिक गरेको आँकडाले कोरोनाभाइरसका कारण अमेरिकाको अर्थतन्त्रमा गहिरो संकट पैदा गरेको जनाइएको छ ।
डो जोन्सका अर्थशास्त्रीहरुले गरेको सर्वेक्षणका अनुुसार पहिलो त्रैमासमा अमेरिकाको जिडिपीमा ३.५ प्रतिशतको गिरावट आउने प्रक्षेपण गरेको थियो । अहिले देखिएको गिरावट सन् २०१४ को पहिलो त्रैमासमा १.१ प्रतिशतको गिरावट आएयताकै सबैभन्दा धेरै हो ।
यस्तै सन् २००८ को चौथो त्रैमासमा आएको ८.४ प्रतिशतको गिरावटपछिकै सबैभन्दा धेरै हो । अर्थतन्त्रमा सबैभन्दा धेरै संकट उपभोक्ता खर्च, गैरआवासीय स्थिर लगानी र निर्यात र इन्भेन्टरीमा देखिएको छ ।
केन्द्र र राज्य सरकार दुुवैका तर्फबाट गरिएको वृद्धि र आवासीय स्थिर लगानीमा आएको २१ प्रतिशतको उछालले केही हदसम्म नोक्सानलाई परिपूर्ति गरेको छ ।
कुुल जीडीपीको ६७ प्रतिशत ओगटेको उपभोक्ता खर्चमा यो पहिलो त्रैैमासमा ७.६ प्रतिशतको गिरावट आएको छ । कोरोनाको कारण गैरआवश्यकीय स्टोर र कर्नर स्टोरहरु बन्द रहेकाले उपभोक्ता खर्चमा कमी देखिएको छ ।
टिकाउ सामानहरुको खर्चमा १६.१ प्रतिशतको कमी आएको छ भने सेवा क्षेत्रमा गरिने खर्चमा १०.२ प्रतिशतको गिरावट आएको छ ।
निर्यातमा ८.७ प्रतिशत र सेवा उद्योगमा ३० प्रतिशतको गिरावट संगै आयातमा १५.३ प्रतिशत गिरावट आएको छ ।
अधिकांश अर्थशास्त्रीहरुले अमेरिकाको अर्थतन्त्र पहिले नै मन्दिमा रहेको बताएका छन् । प्राविधिक रुपमा पनि क्रमश दुइवटा चौमासमा नकारात्मक वृद्धि आएको छ । सन् २०१९ मा अमेरीकाको जीडीपीमा २.१ प्रतिशतको बढोत्तरी आएको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago