काठमाण्डौ। मे महिनाको अन्तिम कोरोबार दिन अर्थात हिजो शुुक्रबार अमेरिकी तेलको मूल्यमा ५ प्रतिशतको उछाल आएको छ। यो उछाल एक महिना अहिलेसम्म देखिएको सबैभन्दा धेरै हो।
मागमा वृद्धि र आपूर्तिमा कटौती भएपछि अमेरिकी तेल बजारमा यस्तो उछाल देखिएको हो। वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) र यूएस बेन्च मार्कले ८८ प्रतिशतको आम्दानीसँगै महिनाको सुुखद् अन्त्य गरेका छन्।
डब्ल्यूटीआईको यसअघि एक महिनाको दोस्रो सबैभन्दा धेरै उछाल सन् १९९० मा देखिएको थियो। त्यतिबेला उसले ४४.६ प्रतिशत आर्जन गरेको थियो। तर विज्ञहरुले यो उछालले सबैभन्दा ठूलो गिरावटतर्फ संकेत गरेको र पुुरानो उचाइ हासिल गर्न अझै लामो यात्रा तय गर्न बाँकी नै रहेको बताएका छन्।
अर्काे अर्थमा भन्नुुपर्दा डब्ल्यूटीआईको अहिलेको ३५ अमेरिकी डलरप्रति ब्यारेलको मूल्यलाई ठूलो वृद्धि भनेर खुुसी मान्नुुपर्ने अवस्था छैन। अप्रिल महिनामा विश्वभरका खर्बांै मानिसहरु कोरोना संक्रमणको तीव्रतालाई कम गर्न घरमै बसेकाले तेलको मूल्यमा व्यापक गिरावट देखिएको थियो।
डब्ल्यूटीआईको मूूल्य शून्यमा झरेको थियो भने पहिलो पटक नकारात्मक क्षेत्रमा गिरावट देखिएको थियो। त्यसपछि अवस्था केही सुुधारउन्मुुख हँुुदै गइरहेको छ।
अमेरिकाको यूएस इनर्जी इन्फरमेसन एडमिनिस्ट्रेसनले गत बिहीबार सार्वजनिक गरेको आँकडाअनुुसार मे महिनाको २२ मा अन्त्य भएको सातामा ग्यासोलिनको मागमा प्रति दिन ७.३ मिलियन ब्यारल वृद्धि भएको थियो। यसले सुुधार देखिएको संकेत गरेको थियो तर यो सन् २०१९ को मेमोरियल डे अघिको तुुलनामा अझै कम थियो। त्यतिबेला प्रतिदिन ९.४ मिलियन ब्यारल रहेको थियो। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19