काठमाण्डौ । सन् २०२० को सुुरुवातबाट अहिलेसम्म अमेरिकाका ठूला टेक्नोलोजी कम्पनीहरुबाट भारतमा लगानीको बाढी नै भित्रिएको छ । यी कम्पनीहरुले जनवरीबाट १५ जुुलाईसम्म भारतमा १७ अर्ब डलरको लगानी गरेका छन् । यसमा अमेजन, फेसबुुक र गुुगल जस्ता दिग्गज कम्पनीहरु समावेश छन् । यो लगानी भारतको टेक्नोलोजी उद्योगमा गरिएको २० अर्ब डलरको हिस्सा हो ।
कुुन कम्पनीको कति लगानी ?
अमेरिकाको दिग्गज ईकर्मस कम्पनी अमेजनले जनवरी १ मा १ अर्ब डलर लगानीको घोषणा गरेको थियो । फेसबुकले अप्रिलको अन्त्यमा भारतमा ६ अर्ब डलर लगानीको घोषणा गरेको थियो । गुुगलले गत साता अर्थात १५ जुलाईमा १० अर्ब डलर लगानीको घोषणा गरेको थियो ।
लामो समयपछिको परिवर्तन
भारतमा देखिएको ठूलो लगानी रातारात भित्रिएको भने होइन । केही महिना पहिलेसम्म अमेरिकी टेक कम्पनीहरुको भारतीय नियामकहरुसँग टकराव चलिरहेको थियो । जसका कारण अमेरिकी कम्पनीका सीइओहरुले दिल्लीसम्मको यात्रा तय गर्नुु परेको थियो । तर, त्यतिबेलादेखि अहिलेसम्मको अवस्था बदलिसकेको छ । कोरोनाभाइरसका कारण विश्वको अर्थतन्त्र ठप्प भएको छ । भारत पनि यसबाट अछुुतो रहन सकेको छैन । यसका साथै भारत र चीनबीच प्रविधिलाई लिएर तनाव बढेको छ । भारतसँग तालमा ताल मिलाउँदै ट्रम्प प्रशासनले पनि चिनियाँ कम्पनीहरुमाथि अविश्वास जनाएको छ । अन्त्यमा चीन र हङकङबाट प्राप्त भइरहेको चुुनौतिसँग जुुध्नका लागि अमेरिकी टेक कम्पनीहरुका लागि भारत पहिलो रोजाईको रुपमा उदाएको छ ।
अमेरिकी कम्पनीहरुको रोजाईको दोस्रो कारण
भारतको टेक कम्पनीहरुमा आएको बाढीको दोस्रो कारण भारतको डिजिटल अर्थतन्त्र पनि हो । भारतमा करीब ७० करोड इन्टरनेट प्रयोगकर्ता रहेका छन् । यीमध्ये करिब आधाजसो प्रयोगकर्ताहरु अनलाइनमा जोडिसकेका छन् । यो एउटा ठूलो फाइदा हो, जसलाई ठूला टेक कम्पनीहरुले धेरै दिनसम्म नजरअन्दाज गर्न सक्दैनन् । अमेरिका–भारत बिजनेश काउन्सिलमा टेक पोलिसीको प्रमुुखका रुपमा कार्यरत जे गुुलिसका अनुुसार अमेरिकी टेक कम्पनीहरुले भारत लामो समयसम्म राम्रो बजारको रुपमा रहिरहने विश्वास लिएका छन् । कम्पनीहरुले भारतको नियम धेरै नै सजिलो हुुन गइरहेको र यसमा खुलापन आउने विश्वास लिएका छन् ।
चीन पनि एउटा ठूलो कारण
सिलिकन भ्यालिका कम्पनीहरु लामो समयदेखि चीन छाडिरहेका छन् । यसका लागि चीनको सेन्सरसिप म्याकेनिजम सबैभन्दा ठूलो जिम्मेवार रहेको छ । यसको अलावा चीनद्वारा हङकङमा थपिएको नयाँ सुुरक्षा कानुुन पनि ठूलो मुुद्धा हो । नयाँ सुुरक्षा कानुुनले हङकङको आधिकारिक संस्थालाई टेक प्लेटफर्म नियमन गर्ने अधिकार प्रदान गर्ने गर्दछ । यसमा चीनको राष्ट्रिय सुुरक्षालाई खतरा सिर्जना गर्ने पोस्टलाई डाउन गर्ने विषय पनि समावेश गरिएको छ । यस्तो नयाँ व्यवस्थापछि फेसबुुक, गुुगल र ट्वीटरले हङकङ सरकारसँग डेटा सेयर गर्न बन्द गर्ने जनाएका छन् । त्यस्तै टिकटकले पनि हङकङ छाड्ने घोषणा गरेको छ ।
चीनसँग कारोबार गर्न धेरै कठिन
स्ट्यान्फोर्ड युुनिर्भसिटीमा कानुुन विज्ञान तथा टेक्नोलोजी प्रोग्रामका निर्देशक मार्क लैमलिले चीनमा कारोबार गर्न कठिन हुँदै गइरहेको बताएका छन् । उनका अनुुसार चीनमा यस्तो अवस्था सिर्जना भइरहेको छ कि त्यहाँ नैतिकताबाट सम्झौता नगरिकन कारोबार गर्न सकिँदैन । चिनियाँ प्रविधिप्रति अमेरिकाको अविश्वास निरन्तर बढिरहेको छ । गत साता मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको प्रविधि कम्पनी हुुवावेको विस्तार योजनालाई असफल पार्नका लािग आफै अग्रसर भएका थिए । ट्रम्प प्रशासन निरन्तर चिनियाँ एप टिकटक र बाइट डान्सलाई प्रतिबन्ध लगाउन वकालत गरिरहेको छ ।
भारतले ५९ चिनियाँ एपमाथि लगाइसकेको छ प्रतिबन्ध
लद्धाखको गलवान क्षेत्रमा सिमा विवाद उत्पन्न भएपछि भारत सरकारले टिकटक लगायत ५९ चिनियाँ एपहरुलाई प्रतिबन्ध लगाइसकेको छ । यसका साथै भारतको चीनसँगको टेक टेक सम्बन्ध न्यूनतम बिन्दुुमा पुुगेको छ । भारतीय बजारमा चिनियाँ स्मार्टफोनको दबदबा रहेको छ र भारतको स्टार्टअपमा चीनको ठूलो लगानी रहेको छ । चीनसँगको वर्तमानको तनावले भारत र अमेरिकाबीचको टेक सम्बन्धलाई लामो समयसम्मका लागि मजबुती प्रदान गर्न सक्ने देखिएको छ ।
भारत–अमेरिका टेक सम्बन्ध
टफ्ट युुनिर्भसिटीको इन्स्टीटीयुुट फर बिजनेशमा अनुुसन्धान निर्देशकको रुपमा कार्यरत रवीशंकर चुतर्वेदी भारत र अमेरीकाको टेक सम्बन्ध लामो समय देखि रहिआएको बताउँछन् । अहिले हजारौ भारतीय इञ्जिनियरहरु अमेरिकाको सिलिकन भ्यालीमा काम गरिरहेका छन् । यसका साथै गुुगल, माइक्रोसफ्ट लगायतका अन्य कम्पनीहरुलाई भारतीय मूलका नागरिकले नेतृत्व गरिरहेका छन् । गुुलिसका अनुुसार डिजिटल क्षेत्रमा भारत र अमेरिकाबीच स्वभाविक तालमेल रहेको छ । कोरोना महामारीका कारण भारतीय घरेलुु बजारमा इन्टरनेटको प्रयोग व्यापक रुपमा वृद्धि भएको छ । जसले बजारमा भारतको उपस्थिति मजबुुत पारेको छ ।
जियोले प्राप्त गर्यो २० अर्ब डलर लगानी
भारतमा अहिलेसम्म गरिएको टेक लगानी भारतका अर्बपति मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रीजको डिजिटल शाखा जियो प्लेटफर्मलाई प्राप्त भएको छ । यसमा फेसबुुकको कुुल लगानी र गुुगलको करिब आधा लगानी रहेको छ । जियो प्लेटफर्मले अप्रिलबाट अहिलेसम्म २० अर्ब डलरको लगानी जुुटाएको छ ।
(एजेन्सीको सहयोगमा धर्म मलाशीबाट तयार रिपोर्ट)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago