काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमती मेलिना ट्रम्पलाई कोरोना संक्रमण भएको खबर सार्वजनिक भएसंगै आज शुक्रबार अमेरिकी सेयर बजार ‘डो फ्युचर्स’मा पहिरो आएको छ।
यो खबर सार्वजनिक भएसँगै फ्युचर्ससँग जोडिएको जोन्स इन्डस्ट्रीयल एभरेजमा ४३० अंक अर्थात १.३ प्रतिशतको गिरावट आएको हो । यसले ४०० अंकको सुरुवाति घाटाको संकेत गरेको छ । यस्तै एस एण्ड पी ५०० फ्युचर्स १.७ प्रतिशतले घटेको छ भने नास्डक १०० फ्युचर्समा पनि २.३ प्रतिशतको गिरावट आएको छ ।
ट्रम्प कोरोना संक्रमित भएपछि यसले अमेरिकाको राष्ट्रपति पदको निर्वाचनमा अनिश्चितता थपिदिएको छ । अमेरिकी लगानीकर्ताहरुले यो निर्वाचनमाथि आफ्नो नजर राखिराखेका थिए । उनीहरु निर्वाचनको परिणामको सम्भावित नतिजा आँकलन गरिरहेका थिए । अब निर्वाचन अनिश्चित बनेपछि लगानीकर्ताहरु हतोत्साहित भएका हुन् ।
आजको प्रि मार्केट ट्रेडिङमा क्रूज लाइन र एयरलाइन्सले सबैभन्दा बढी घाटा व्यहोर्नु पर्यो । यो दिन रोयल क्यारेबियन र युनाइटेड एयरलाइन्सका लगानीकर्ताले क्रमश ५ र ४.७ प्रतिशतका दरले गुमाए।
यसका साथै प्रिमार्केट टेडिङमा टेक्नोलोजी कम्पनीका सेयरहरुमा पनि गिरावट आएको छ । एप्पलमा ३ प्रतिशत र टेस्लामा ५ प्रतिशतको गिरावट आएको छ । राष्ट्रपति पदको निर्वाचनमा यदि डेमोक्रेटिक पार्टीले स्विप गर्यो भने बढ्दो करका कारण टेक्नोलोजिको सेयरहरुमा दवाब पर्ने विज्ञहरुले बताएका छन् ।
-सिएनबिसीबाट भावानुवाद
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago