काठमाण्डौ । विश्वका सबैभन्दा ठूला जीवन बीमा कम्पनीहरुमध्येको एक मेटलाइफले नेपालमा आफनो स्थापनाको १५ वर्ष पूूरा गरेको छ । 

संयुक्त राज्य अमेरिकामा स्थापित कम्पनीको शाखा कार्यालयको रुपमा मेटलाइफ सन् २००१, डिसेम्बर ५ देखि नेपालमा सञ्चालन भएको हो । 

मेटलाइफ, नेपालमा संचालित एक मात्र बहुराष्ट्रिय जीवन बीमा कम्पनी हो, जसले जीवन, दुर्घटना, स्वास्थ्य, कर्जा र  कर्मचारी सामूूहिक लगायत विभिन्न प्रकारका बीमा सेवाहरु, विभिन्न माध्यम जस्तै ब्यक्तिगत अभिकर्ता, बैंक र माइक्रो फाइनान्समार्फत प्रदान गर्दै आइरहेको छ ।

“हामीले नेपालमा १५ वर्ष पूूरा गरेको अवसरमा मेटलाइफलाई आफ्नो अमूूल्य जीवनमा सहयोगी बन्ने अवसर प्रदान गर्नुभएका हाम्रा सम्पूर्ण शुभेच्छुक बीमित र बीमालेखधारकहरुलाई धन्यवाद दिन चाहन्छौ” मेटलाइफ नेपालका प्रमुख कार्यकारी अधिकृत मोहमद अलाउद्दिन अहमदले भने-“मेटलाइफले नयाँ विश्वस्तरीय रणनीति ल्याएको र नयाँ खोजहरु गर्ने र सोका लागि प्रोत्साहन गर्ने कार्यमा अगुवाको भूूमिकामा रहेकोले, हामी मेटलाइफका उत्तम सेवा र प्रविधिहरु निरन्तर रुपमा नेपालमा भित्र्याउने छांै ।''

सिंगापुर स्थित मेटलाइफको इनोभेसन केन्द्र (innovation center) लुमिन ल्याब (LumenLab)ले हालै बीमा उद्योगका लागि नवीन उपायहरु भएका नवकम्पनीहरुलाई सघाउने उद्देश्यले तीन–महिने साझेदारी कार्यक्रम ल्याएको छ । यो कार्यक्रम विश्वभरबाट आवेदनका लागि खुल्ला छ र विजेता कम्पनीले अमेरिकी डलर १००,००० अनुदान प्राप्त गर्नेछ ।

नोभेम्बर २०१६ सम्म मेटलाइफका ७००,००० भन्दा बढी बीमितहरु र २००,००० बीमालेखधारकहरु रहेका छन् । हाल मेटलाइफ, नेपालका ५ अग्रणी जीवन बीमा कम्पनीहरु मध्येको एक हो । मेटलाइफका प्रमुख जीवन बीमालेखहरुमा फयुचर केयर डी पी एस् , शिक्षा संरक्षण योजना, लाइफ शील्ड ,ग्रामीण कर्जा बीमा, कर्मचारी सामूूहिक बीमालेखहरु  पर्दछन् । बढीभन्दा बढी मानिसहरुलाई बीमा सुरक्षा तथा सेवा उपलब्ध गराउन, काठमाण्डौस्थित मुख्य कार्यालय बाहेक देशका विभिन्न शहरहरुमा मेटलाइफका २२ वटा शाखा तथा एजेन्सी कार्यालयहरु संचालनमा छन् । हाल नेपाल अधिराज्यभरि मेटलाइफका ११५ जना नियमित कर्मचारी र झण्डै ४,००० अभिकर्ताहरु छन् । मेटलाइफले ७ वटा कमर्सियल बैंक तथा २५ वटा माइक्रो फाइनान्स कम्पनीहरुसंग बैंक अस्योरेन्सका लागि सहकार्य गरिरहेको छ ।