काठमाण्डौ । भारतीय ई–कमर्स कम्पनी फ्लिपकार्टको आईपी अमेरिकी सेयर बजारमा निष्कासन गर्ने तयारी गरिएको छ।
माउ कम्पनी वालमार्टले फ्लिपकार्डको आईपीओ अमेरिकी सेयर बजारमा निष्कासन गर्ने तयारी गरेको हो। यो आईपीओ निष्कासन गर्न वालमार्टले गोल्डम्यान सेक्सनलाई कन्सल्टेन्टका रुपमा नियुक्त गरेको छ।
वालमार्टले फ्लिपकार्टको आईपीआ जारी गरेर १० अर्ब डलर अर्थात १२० हजार करोड रुपैयाँको फन्ड जुटाउन चाहेको छ।
समाचार एजेन्सीहरुका अनुसार यो आईपीओ निष्कासनका लागि तीव्रगतिमा प्रक्रिया अगाडि बढेको छ।
फ्लिपकार्टमा वालमार्टको ८२.३ प्रतिशत हिस्सेदारी छ। वालमार्टले फ्लिपकार्टमा रहेको आफ्ना २५ प्रतिशत हिस्सा बेच्नेछ।
फ्लिपकार्टमा चाइनिज टेन्सेन्टको ५.२१ प्रतिशत र फाउन्डर बिनी बन्सलको १.४५ प्रतिशत हिस्सेदारी छ।
यदि यो आईपीओ निष्कासन भएमा कुन पनि भारतीय कम्पनीको विदेशी बजारमा सबैभन्दा ठूलो आईपीओ हुनेछ। आईपीओ जारीपछि फ्लिपकार्टको मार्केट भ्याल्यू पनि ४० अर्ब डलरको हुनेछ।
वालमार्टले १६ अर्ब डलरमा सन् २०१८ मा फ्लिपकार्ट अधिग्रहण गरेको थियो। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago