काठमाण्डौ। अमेरिकी सेयर बजार दैनिक उछाल आइरहेकै बेला बजारविज्ञ तथा विश्लेषकहरुले जोखिम पनि बढ्दै गएको बताउन थालेका छन्।
एक इन्भेस्टमेन्ट कम्पनीका विश्लेषक म्याट म्यालीले अहिलेको बजार बढाइ यदि अझै माथि गएमा त्यो आधारभूत बढाइ हुन नसक्ने बताएका छन्। बजार करिब डेढ वर्षदेखि बढिरहेको उल्लेख गर्दै उनले भने, ‘आर्थिक वृद्धि ८ प्रतिशत रहेको छ, सेयर बजार २५ प्रतिशतभन्दा बढी बढिसकेकोले जोखिमपूर्ण अवस्था छ।’
कोभिड–१९ को प्रभावले विश्व अर्थत्रन्त्र खुम्चिएको जिकिर गर्दै म्यालीले कम्पनीको आम्दानी खुम्चन सक्ने र यसको सीधा प्रभाव टेक कम्पनीहरुमा पर्ने पनि बताए। बजार अब थप बढ्नेमा पनि आशंका गर्दै उनले बजारका केही खेलाडीले अनावश्यक बढाएको आरोप पनि लगाए।
एस एन्ड पी ५०० अहिले ३९७४ को विन्दुमा रहेको छ भने बजार पुँजीकरण ३४ खर्ब अमेरिकी डलरभन्दा माथि रहेको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19